२०८२, २६ फाल्गुन बुधबार

नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा-आराधनामा भक्तजन तल्लीन

नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा-आराधनामा भक्तजन तल्लीन


काठमाडौँ । नवरात्रको चौथो दिन आज देशभरका शक्तिपीठ र नवदुर्गा मन्दिरहरूमा कुष्माण्डा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदै छ। बिहानैदेखि भक्तजनहरू पूजा, पाठ र दर्शनमा व्यस्त छन्।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन नवदुर्गामध्येकी चौथी देवी कुष्माण्डा माताको विशेष पूजन गरिन्छ। नवरात्रका नौ दिनमा प्रत्येक दिन फरक–फरक स्वरूपकी देवीको आराधना गरिन्छ।

यस वर्ष नवरात्रको पहिलो दिन घटस्थापना गरी देवी शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा र आज चौथो दिन कुष्माण्डा देवीको पूजा गरिएको हो।

कसरी गरिन्छ कुष्माण्डा देवीको पूजा?

आजको दिन बिहान सबेरै उठी नित्यकर्म सकेर शुद्ध वस्त्र धारण गर्ने, पूजा कोठामा कुष्माण्डा माताको मूर्ति वा चित्र स्थापना गर्ने, पवित्र जलले भरिएको कलश राख्ने परम्परा छ। त्यसपछि देवी कुष्माण्डाको स्तोत्र, कवच, दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवत आदिको पाठ गरिन्छ।

पूजा सम्पन्न भएपछि आरती गरी प्रसाद वितरण गरिन्छ। यही प्रसाद दसैँको मुख्य दिन विजयादशमी देखि कोजाग्रत पूर्णिमा सम्म ग्रहण गर्ने परम्परा रहेको छ।

कुष्माण्डा देवीको महत्व

धार्मिक विश्वास अनुसार कुष्माण्डा देवी ब्रह्माण्डको सृष्टि गर्ने शक्ति भएकी देवी हुन्। उनको आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने जनविश्वास छ। तसर्थ, आजको दिन विशेष रूपमा विद्यालाभ र सृजनात्मक सफलताका लागि देवीको पूजा गरिन्छ।

शक्तिपीठमा श्रद्धालुको भीड

काठमाडौंको गुह्येश्वरी, भक्तपुरको नवदुर्गा मन्दिर, ललितपुरको शंखधर मन्दिर, जनकपुर, हेटौँडा, बुटवल, पोखरा, धरानलगायत देशभरका शक्तिपीठहरूमा आज बिहानैदेखि दर्शनार्थीहरूको भिड लागेको छ। कतिपय स्थानमा दुर्गा सप्तशती र चण्डी पाठ निरन्तर रूपमा जारी छ।

प्रकाशित मिति : २०८२, ९ आश्विन बिहीबार  ७ : ११ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा