२०८३, ९ भाद्र बुधबार

टोपबहादुर लुगाफाटोसहित डिल्लीबजार कारागार फर्किए

टोपबहादुर लुगाफाटोसहित डिल्लीबजार कारागार फर्किए

करिब सयजति विभिन्न जिल्लाका कारागारमा


काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सुन्धारास्थित सेन्ट्रल जेलबाट भागेका पूर्व सांसद टोपबहादुर रायमाझी मंगलबार डिल्लीबजार कारागारमा उपस्थित भएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका रायमाझी विघटित प्रतिनिधिसभामा अर्घाखाँचीबाट निर्वाचित सांसद हुन्।

कारागार व्यवस्थापन विभागले कैदीबन्दीलाई आफूलाई अनुकूल हुने कारागारमा स्वेच्छाले उपस्थित हुन सूचना दिएपछि रायमाझी डिल्लीबजार पुगेका हुन्। उनले सेन्ट्रल जेलमा बस्न असुविधा भएको भन्दै यहाँ बस्ने इच्छा प्रकट गरेको कारागार प्रशासनले जनाएको छ।

रायमाझीले सेन्ट्रल जेलमा भएको तोडफोड र आगजनीका कारण आफ्ना सबै बन्दोबस्तीका सामग्री जलेको बताउँदै लुगाफाटोसहित कारागारमा पुगेको जानकारी प्रशासनलाई दिएका थिए।

सेन्ट्रल जेलबाट भागेका ३३ सयमध्ये हालसम्म करिब एक हजारजति कैदीबन्दी मात्र फर्किएको प्रशासक कृष्णप्रसाद चापागाईंले जानकारी दिएका छन्। उनीहरूमध्ये करिब सयजति विभिन्न जिल्लाका कारागारमा पुगेका छन्।

प्रकाशित मिति : २०८२, ७ आश्विन मंगलबार  २ : २६ बजे

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर