२०८३, २७ भाद्र आईतबार

कमजोर मनसुनी वायु, पहाडी र तराईका केही स्थानमा वर्षाको सम्भावना

कमजोर मनसुनी वायु, पहाडी र तराईका केही स्थानमा वर्षाको सम्भावना


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार स्थानीय वायुको आंशिक प्रभाव मात्र रहने भएकाले वर्षाको सम्भावना सीमित क्षेत्रमा रहनेछ ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली हुनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षा पर्न सक्ने सम्भावना छ।

मंगलबार राति पनि देशका पहाडी भू-भागमा साधारणतया बदली रहने र तराईका केही स्थानमा मध्यम वर्षा पर्न सक्ने विभागले जनाएको छ। विभागले वर्षा हुने सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, ७ आश्विन मंगलबार  ९ : ०३ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।