२०८३, ११ श्रावण मंगलबार

असोज अन्तिम सातादेखि मात्रै मेलम्चीको पानी काठमाडौंमा पुग्ने

असोज अन्तिम सातादेखि मात्रै मेलम्चीको पानी काठमाडौंमा पुग्ने


काठमाडौं । काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातादेखि मात्रै मेलम्चीको पानी आपूर्ति सुरु हुने भएको छ। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासका अनुसार वर्षाका कारण मेलम्चीमा पानीको बहाव बढेकोले दसैँअगाडि पानी काठमाडौं ल्याउन सम्भव नभएको हो।

दासले भने, “पानीको बहाव घटेपछि मात्र वितरणको तयारी सुरु हुनेछ।” असार १ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएपछि हिउँदमा मात्रै पानी वितरण हुँदै आएको थियो । हाल रिबर्मा खोलाबाट दैनिक ६–७ करोड लिटर पानी काठमाडौंमा पठाइँदै आएको छ। पूर्वमा मेलम्चीबाट दैनिक १७–१८ करोड लिटर पानी आपूर्ति हुँदै आएको थियो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ, तर हाल विभिन्न स्रोतबाट मात्र १३–१४ करोड लिटर पानी उपलब्ध भइरहेको छ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  १० : ४९ बजे

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि

देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, हजारौं बिरामी प्रभावित

काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण मंगलबार देशभरका अधिकांश

सिरहामा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

जनकपुरधाम ।   सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा