२०८३, १ जेष्ठ शनिबार

नाडा एशोसिएशनले प्रधानमन्त्रीसँग अटोमोबाइल व्यवसायका समस्याबारे छलफल

नाडा एशोसिएशनले प्रधानमन्त्रीसँग अटोमोबाइल व्यवसायका समस्याबारे छलफल


काठमाडौँ । नेपालको अटोमोबाइल व्यवसायमा वर्तमान जटिल परिस्थितिले पारेको प्रभावबारे नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री शुशिला कार्कीसँग भेटवार्ता गरेको छ।

अध्यक्ष करण चौधरीको नेतृत्वमा भएको टोलीले प्रधानमन्त्रीलाई व्यवसायका समस्या र समाधानका उपायबारे जानकारी गराएको थियो। छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, र मुख्य सचिव एकनारायण अर्याल पनि उपस्थित थिए।

अध्यक्ष चौधरीले नाडा ४९ वर्ष पुरानो संस्था भएको र सातै प्रदेशमा शाखा विस्तार गरेको उल्लेख गर्दै, “सरकारले हामीले प्रस्तुत गरेका केही सुझाव कार्यान्वयन गरे मात्र पनि व्यवसायमा ठूलो सुधार आउँछ” बताए। उनले देशमा शान्ति, सुरक्षा र व्यावसायिक उत्थानका लागि सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए।

यस अवसरमा नाडाले २२ बुँदे सुझावपत्र प्रधानमन्त्रीलाई बुझाएको थियो। प्रमुख मागहरूमा बैंकमार्फत पेट्रोल तथा डिजेल सवारीसाधनका लागि कर्जा प्रवाह सीमा ६०% बाट ८०% पुर्‍याउने, प्रदूषण नियन्त्रण मापदण्ड व्यवसायमैत्री बनाउने, र उद्योग प्रवद्र्धन परिषदमा नाडाको प्रतिनिधित्व सुनिश्चित गर्ने जस्ता बुँदा थिए।

प्रधानमन्त्री कार्कीले व्यवसायीका माग गम्भीरतापूर्वक सुन्ने प्रतिवद्धता व्यक्त गर्दै, “नेपालमा व्यवसाय गर्नु जुवा खेल्नु सरह भएको छ, तर सहनशीलताका साथ चुनौती पार गर्नुपर्छ” भनिन्। उनले बैंकिङ प्रणालीलाई व्यवसायमैत्री बनाउने, भन्सार शुल्क कम गर्ने, व्याजदरमा सहुलियत दिने र रोजगार सिर्जनामा निजी क्षेत्रलाई प्राथमिकता दिने आश्वासन पनि दिइन्।

भेटवार्तामा नाडाका सचिव विक्रम सिंहानिया, केन्द्रीय कार्यसमिति सदस्य कपिल शिवाकोटी, मेघराज पौडेल, र निशान ढकाल पनि सहभागी थिए।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  १० : २४ बजे

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज प्रदेशसभाबाट

पश्चिमी वायुको प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल

१० के एनवाईएफएन रन : स्वास्थ्य, खेलकुद र अनुशासनको सन्देश

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३७औँ स्थापना दिवसको

बेइजिङ पुगे ट्रम्प, सी जिनफिङसँग आज उच्चस्तरीय वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने औपचारिक भ्रमणका लागि