२०८३, २६ भाद्र शनिबार

वसन्तपुरको हनुमानढोकाको दसैँ घरमा जमरा राखी बडा दसैँ सुरु (फोटो फिचर)

वसन्तपुरको हनुमानढोकाको दसैँ घरमा जमरा राखी बडा दसैँ सुरु (फोटो फिचर)


काठमाडौँ । नेपालीहरूको महान् चाड बडा दसैँ आजबाट सुरु भएको छ। दसैँको पहिलो दिन सोमबार देशभर घटस्थापना गरी देवी दुर्गाको आह्वानसँगै जमरा राखिएको छ।

राजधानी काठमाडौँको ऐतिहासिक वासन्तपुर दरबार क्षेत्रस्थित हनुमानढोकाको दसैँ घरमा पनि वैदिक विधिअनुसार जमरा राखी चाडको औपचारिक सुरुवात गरिएको छ।

दसैँ घरमा वैदिक परम्पराअनुसार शक्ति स्वरूपा देवी दुर्गाको पूजा गरि जौ, मकै र धान छरेर जमरा राखिएको हो। पूजाका क्रममा शङ्ख, घण्टा, डमरु बजाउँदै मन्त्र उच्चारण गरी देवीको आराधना गरिएको थियो। सो अवसरमा नेपाली सेनाको एक टुकडीले बन्दुक पड्काएर परम्परागत रूपमा हर्ष प्रकट गरेको थियो। जमरा राख्ने विधि सम्पन्न हुनुअघि द्वीप, गणेश र कलशको पूजा गरिएको थियो।

वासन्तपुरस्थित हनुमानढोकाको दसैँ घरलाई शाहीकालदेखि विशेष धार्मिक महत्व दिइँदै आएको छ। यहाँ राखिएको जमरा राष्ट्र प्रमुखद्वारा विजयादशमीको दिन ग्रहण गरिने परम्परा छ। यसरी घटस्थापनाका दिनबाट सुरु भएको बडा दसैँको उत्सव दसौँ दिन विजयादशमीसम्म मनाइनेछ। पहिलो दिन घटस्थापनासँगै घर–घरमा देवीको पूजा, उपासना तथा जमरा राख्ने कार्य आरम्भ भएको छ।

तस्विरहरू : बिजेन अमात्य / नेपाल न्यूज बैंक

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  १० : ३६ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।