२०८२, २ फाल्गुन शनिबार

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै


काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर तथा नेपाली राजनीतिका अग्रणी नेता गणेशमान सिंहको २८औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रमका साथ मनाइएको छ।

नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको सक्रिय सहभागितामा आज बिहान काठमाडौंको शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरू, कार्यकर्ताहरू, बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। नेपाली राजनीतिमा त्याग, आदर्श र साहसको प्रतिमूर्ति मानिने सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा जीवनभर अविचल योगदान पुर्‍याएका थिए। विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रद्वारा प्रधानमन्त्री बन्न प्रस्ताव भए पनि उनले त्याग गर्दै आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारेका थिए।

विसं १९७२ साल कात्तिक २४ गते काठमाडौंको चाक्सीबारीमा जन्मिएका सिंह प्रजा परिषद्का सदस्यका रूपमा राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय बनेका थिए। उनले जेल जीवन, निर्वासन र अनेक संघर्षका बीच लोकतन्त्रका पक्षमा आफ्नो जीवन समर्पित गरेका थिए। २००७ सालको सशस्त्र क्रान्तिबाट २०४६ सालको जनआन्दोलनसम्म उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

नेपाली कांग्रेसका नेता सिंह बिपी कोइरालाका नजिकका सहयोगी र विश्वासपात्र नेताका रूपमा पनि चिनिन्थे। २०१५ सालको आमनिर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्रीका रूपमा काम गरेका सिंहले २०१७ सालपछि करिब आठ वर्ष जेल जीवन बिताएका थिए। उनको योगदानको कदर गर्दै सरकारले उनलाई ‘राष्ट्रिय नेता’ को सम्मान समेत दिएको छ।

स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमहरूमा गणेशमान सिंहका विचार, सिद्धान्त र समर्पणबाट प्रेरणा लिँदै वर्तमान राजनीति र लोकतन्त्र सुदृढ पार्न आवश्यक रहेकोमा जोड दिइएको छ।

गणेशमान सिंहको निधन विसं २०५४ साल असोज २ गते भएको थियो।

प्रकाशित मिति : २०८२, २ आश्विन बिहीबार  ८ : ०४ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको