२०८३, १३ कार्तिक शुक्रबार

जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सामूहिक शवयात्रा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सामूहिक शवयात्रा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि


काठमाडौं । भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका १० जना युवाको आज काठमाडौंमा सामूहिक शवयात्रा निकालिएको छ। त्रिवि शिक्षण अस्पताल (टिचिङ) बाट सुरु गरिएको शवयात्रा चक्रपथ परिक्रमा गराउँदै पशुपति आर्यघाटतर्फ अघि बढेको हो।

गत भदौ २३–२४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको बल प्रयोगपछि गम्भीर घाइते भएका प्रदर्शनकारीहरू उपचारका क्रममा निधन भएका थिए। तीमध्ये १० जनाको शव आज सार्वजनिक रूपमा श्रद्धाञ्जलिसहित अन्त्येष्टिका लागि लगिएको हो ।

शवयात्रामा हजारौँ नागरिक, आन्दोलनकारी, मानवअधिकारकर्मी, चिकित्सक, विद्यार्थी, तथा राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए। उनीहरूले “भ्रष्टाचारको अन्त्य गर”, “बलिदानीको रगत खेर जान दिन्नौं” जस्ता नारा लगाउँदै शान्तिपूर्ण रूपमा शवयात्रामा सहभागी भएका थिए।

१० जना मृतकमध्ये ४ जनाको अन्त्येष्टि काठमाडौंको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ सम्पन्न गरिएको छ। बाँकी ६ जनाको शवलाई आर्मीको हेलिकप्टरमार्फत उनीहरूको गृहजिल्ला पुर्‍याइने र त्यहीँ अन्त्येष्टि गरिने व्यवस्था मिलाइएको छ।

शवयात्राअघि त्रिवि शिक्षण अस्पताल परिसरमा श्रद्धाञ्जलि सभा आयोजना गरिएको थियो। सभामा मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै वक्ताहरूले राज्यको दमनकारी चरित्रको विरोध गरे। उनीहरूले शान्तिपूर्ण आन्दोलनमाथि गरिएको बल प्रयोगलाई गैर लोकतान्त्रिक, अमानवीय र संविधानविपरीत भनेका थिए।

सरकारले घटनाबारे औपचारिक धारणा सार्वजनिक नगरेको भन्दै मृतकका परिवारजन, नागरिक समाज र आन्दोलनरत समूहहरू आक्रोशित बनेका छन्। उनीहरूले दोषीमाथि तत्काल छानबिन गरी कारबाही गर्न माग गरेका छन्।

‘जेनजी आन्दोलन’ पछिल्ला पुस्ताको आक्रोशको प्रतिफलका रूपमा सुरु भएको हो। भ्रष्टाचार, बेरोजगारी, शैक्षिक असमानता, र सेवाप्रवाहमा देखिएको चरम विकृति विरुद्ध युवाहरू सडकमा उत्रिएका थिए। सामाजिक सञ्जालबाट सुरु भएको आन्दोलन छोटो समयमै देशव्यापी बनेको थियो।

प्रकाशित मिति : २०८२, ३१ भाद्र मंगलबार  ३ : १३ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित