२०८३, २० जेष्ठ बिहीबार

सहकारी ठगीका आरोपी रवि लामिछाने नख्खु कारागारमा पुनः प्रवेश

सहकारी ठगीका आरोपी रवि लामिछाने नख्खु कारागारमा पुनः प्रवेश


काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका रवि लामिछाने शनिबार साँझ ललितपुरस्थित नख्खु कारागार पुगेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले लामिछानेलाई कारागारमा भर्ना गरिएको पुष्टि गर्दै आवश्यक कागजी प्रक्रिया अघि बढाइएको जानकारी दिए । “सुरक्षाका विषयमा समेत हामीले सम्बन्धित निकायसँग पत्राचार गरेका छौं,” उनले बताए ।
२४ गते आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नख्खु कारागार अगाडि प्रदर्शन गरेका थिए । सोही दिन रवि लामिछाने भागेका थिए ।

रवि कारागारबाट बाहिरिएलगत्तै भित्र रहेका कैदीबन्दीहरूले आगजनी गरेका थिए । उक्त घटनापछि केही कैदीबन्दीहरू फरार भएका थिए । यस्तै, नख्खु घटनापछि अन्य थुनुवा केन्द्र र कारागारहरूबाट पनि कैदीहरू फरार हुने क्रम बढेको छ। अहिले देशभर करिब १० हजारभन्दा बढी कैदीबन्दी फरार रहेको अनुमान गरिएको छ ।

कारागार विभाग र प्रहरी प्रशासनले कैदीबन्दीहरूलाई स्वेच्छिक रूपमा फर्कन आह्वान गर्दै आएको छ। साथै, पक्राउ गरी पुनः कारागार चलान गर्ने कार्य पनि तीव्र गतिमा अघि बढाइएको छ। नख्खु कारागारले पनि शुक्रबार सार्वजनिक सूचना जारी गर्दै फरार कैदीहरूलाई आत्मसमर्पण गर्न आग्रह गरेको थियो।

प्रकाशित मिति : २०८२, २८ भाद्र शनिबार  १० : ११ बजे

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल