२०८३, ११ श्रावण मंगलबार

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसको प्रभावस्वरूप आज शनिबार देशभर सामान्यतया बदली रहनेछ।

महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागका केही र तराई क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।

त्यस्तै, आज राति पनि देशभर सामान्य बदली रहनेछ। रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य पहाडी र तराई क्षेत्रका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा भारी वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

भारी वर्षाका कारण नदीमा पानीको सतह बढ्न, पहिरोको सम्भावना वा यातायात अवरोध हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८२, २८ भाद्र शनिबार  ८ : ४८ बजे

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि

देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, हजारौं बिरामी प्रभावित

काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण मंगलबार देशभरका अधिकांश

सिरहामा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

जनकपुरधाम ।   सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा