२०८३, ९ भाद्र बुधबार

रौतहटमा जेनजी युवाको प्रदर्शन, टायर बालेर सडक अवरुद्ध

रौतहटमा जेनजी युवाको प्रदर्शन, टायर बालेर सडक अवरुद्ध


रौतहट । सोमबारको सरकारी दमनको विरोधमा जेनजी युवाहरुले मंगलबार बिहानदेखि रौतहटका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् ।

चन्द्रपुर, गौर, गरुडा लगायतका क्षेत्रमा युवाहरु भेला भई सरकार र प्रहरी प्रशासनविरुद्ध चर्का नारा लगाएका छन् । भ्रष्टाचार र बेथितीविरुद्ध जेनजी पुस्ताले देशव्यापी रुपमा सुरु गरेको आन्दोलनको समर्थनमा यो प्रदर्शन गरिएको हो ।

प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्गको यातायात प्रभावित भएको छ भने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले प्रमुख चोक–चोकमा बाक्लो सुरक्षाकर्मी तैनाथ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अहिलेसम्म प्रदर्शन शान्तिपूर्ण छ र कुनै अप्रिय घटना घटेको छैन।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  १० : ४४ बजे

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा