२०८३, १४ कार्तिक शनिबार

कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिए

कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिए


काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले आइतबारको जेनजी आन्दोलनमा भएको दमन, हत्या र बल प्रयोगप्रति गहिरो क्षमायाचना गर्दै मन्त्री पदबाट राजीनामा दिएका छन् ।

राजीनामा पत्रमार्फत मन्त्री अधिकारीले शान्तिपूर्ण आन्दोलनमाथिको हिंसात्मक दमनलाईूअलोकतान्त्रिक कार्यू भन्दै गम्भीर आपत्ति जनाएका छन्। उनले भनेका छन्, “लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो। तर त्यसको सट्टा व्यापक दमन, हत्या र बल प्रयोग भयो। हामी लोकतन्त्र होइन, तानाशाहीतर्फ उन्मुख हुँदैछौं भन्ने डर लाग्न थाल्यो ।” उनले आन्दोलनमा सहभागी स(साना छोराछोरीहरूमाथि भएको हिंसाप्रति दुःख व्यक्त गर्दै प्रश्न गरेका छन्, “देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्धजस्तो व्यवहार हुन पुग्योरु” राजीनामा पत्रमा अधिकारीले लेखेका छन्, “सरकारमा बसिरहनु मेरो नैतिकता र दलले दिएको शिक्षाको उल्लङ्घन हुनेछ। त्यसैले जनसमक्ष क्षमायाचना गर्दै मन्त्री पदबाट राजीनामा दिएको छु।”

आइतबार जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोलीबाट १९ जना युवाको मृत्यु भएको थियो। घटनापछि देशभरि व्यापक जनआक्रोश फैलिएको छ। मन्त्री अधिकारी हालसम्म उक्त घटनाको जिम्मेवारी लिँदै राजीनामा दिने पहिलो मन्त्री बनेका हुन्।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  १० : २१ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित