२०८२, २ फाल्गुन शनिबार

प्रधानमन्त्री ओलीः “म जति पनि हेपिन तयार छु, देशलाई हेपेको सहन्नँ”

प्रधानमन्त्री ओलीः “म जति पनि हेपिन तयार छु, देशलाई हेपेको सहन्नँ”


ललितपुर । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जतिसुकै हेपिए पनि देशलाई हेप्न सकिन्न भन्दै कडा प्रतिक्रिया जनाएका छन् । आइतबार दोस्रो विधान महाधिवेशनको अन्तिम दिन कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले राष्ट्रियता र स्वाभिमानको पक्षमा दृढ अडान दोहोर्‍याए ।

ओलीले भने, “मलाई जति सुकै हेपियोस् म हेपिन तयार छु र सहन्छु। तर देशलाई हेपेको सहन्नँ। देशलाई हेप्न, होच्याउन पाइँदैन । हाम्रो स्वाभिमान माथि ठेस पुर्‍याउन पाइँदैन ।” उनले समसामयिक विषयलाई लिएर प्रतिनिधिलाई सम्बोधन गर्दै सामाजिक सञ्जालसम्बन्धी आफ्ना धारणा पनि प्रस्ट पारे। उनले भने, “हामी वाक स्वतन्त्रताका लागि बलिदान दिएका हौं । त्यसैले हाम्रो पार्टी सामाजिक सञ्जालमाथि असहिष्णु छ भनेर कसैमा भ्रम नपरोस् । सामाजिक सञ्जाललाई कानून बमोजिम दर्ता हुन, कर तिर्न एक वर्षदेखि भनेका छौं। तर अटेरी गरिरहेका छन् ।”

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध उठेका आलोचनालाई ओलीले आधारहीन र भ्रमपूर्ण भने । “मुलुकको स्वाधीनता र राष्ट्रियताको लागि सरकारले सामाजिक सञ्जाल दर्ता हुन भनेर एक वर्षदेखि आग्रह गरिरहेको छ। कानूनको दायरामा आउन नआएपछि मात्र सञ्चालनमा रोक लगाइएको हो । तर विरोध गर्ने केही बुद्धिजीवीहरूले वाक स्वतन्त्रताको अर्थ नै बुझेका छैनन्,” उनले भने ।

केहीले ‘जेनजी पुस्ता’लाई सामाजिक सञ्जाल बन्दविरुद्ध विद्रोह गराउने प्रयास गरेको बताउँदै ओलीले भने, “जेनजी पुस्ता देशलाई माया गर्छ । देशको कानून बुझ्छ। जेनजी पुस्ता बेथिति र हेपाहा प्रवृत्तिको विरोधी हो ।”

प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलहरूलाई राष्ट्रिय स्वाभिमान र स्वाधीनता सम्बन्धी विषयलाई क्षणिक स्वार्थमा नलाग्न अनुरोध गर्दै एकताबद्ध हुन आव्हान गरे ।

प्रकाशित मिति : २०८२, २२ भाद्र आईतबार  ४ : ०९ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको