२०८३, २१ बैशाख मंगलबार

सर्लाहीमा बस दुर्घटना: दुईको मृत्यु २३ घाइते

सर्लाहीमा बस दुर्घटना: दुईको मृत्यु २३ घाइते


सर्लाही, ३० भदौ: सर्लाही ब्रह्मपुरी गाउँपालिकामा आज साँझ भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ईश्वरपुर नपा–९ का २६ वर्षीया नथुनी राय यादव र सोहि स्थानका १९ वर्षीया अञ्जु साह रहेको प्रहरीले जनाएको छ । ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगरबाट ईश्वरपुर जाँदै गरेको ना२ख ८००३ नंको बस ब्रह्मपुरी–१ महदेवा पोखरीनजीक साँझ ५ः३० बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएकाहरुको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । घाइते हुनेमा अधिकांश महिला छन् । घाइते हुनेमा चन्द्रनगर गाउँपालिका मोहनपुरका ४० वर्षीया सलिमा खातुन, ५५ वर्षीया रबिया खातुन, ईश्वरपुर नपा–९ खैराका ३६ वर्षीया देवकी साह, ४५वर्षीया शान्ति देवी, १६ वर्षीया अंशुकुमारी मिश्रा, २२ वर्षीया निभादेवी ठाकुर, ईश्वरपुर रामनगरका २५ वर्षीय अमित ठाकुर, ४५ वर्षीया उर्मिला साह, ईश्वरपुर अनसनमाका ६५ वर्षीया जलजलिया देवी महरा, २४ वर्षीय मनोज साह, ५५ वर्षीया प्रमशिला महरा, ईश्वरपुरर–११ करमुहानका ३० वर्षीया समुन्द्री देवी, २४ वर्षीया अञ्जुदेवी साह, ४५ वर्षीया उर्मिला ठाकुर, ब्र्रह्मपुरी गापा–६ का ४२ वर्षीया जुलेखा खातुन, चन्द्रनगर बिर्ताको ७० वर्षीय वाजुल लहेरी, चन्द्रनगर गापा–१ का ३५ वर्षीया मञ्जुदेवी चौधरी, ७२ वर्षीया कलसियादेवी बैठालगायत छन् ।

घाइते मनोज साहका अनुसार बाटोमा धेरै खाल्डाखुल्डी भएका कारण बसको बायाँ पट्टा भाँचिएका कारण बस दुर्घटनामा परेको थियो । पट्टा भाँचिएको ठाउँबाट केही अगाडि गएपछि बस दुर्घटनामा परेको उहाँले जानकारी दिनुभयो ।

बाटोमा भएको खाल्डाखुल्डी पुर्न नदीबाट गिट्टी निकाल्न खोज्दा प्रशासनले रोक लगाएकाले खाल्डाखुल्डी पुर्न नसकेका कारण बस दुर्घटना हुन पुगेको सर्लाही क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रमोद साहको आरोप छ । प्रजिअ र सर्लाहीका सुरक्षा निकायका प्रमुखसँग पटक पटक बैठक गरी बाटो मर्मतका लागि नदीबाट गिट्टी निकाल्न दिन आग्रह गर्दा पनि माथिको आदेश भन्दै नमानेकाले आज बस दुर्घटना हुन पुगेको उहाँले बताउनुभयो ।

यसैगरी बसले किच्दा आज यहाँ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका ४५ वर्षीय आवास मन्सुर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बिहान ७ बजे सदरमुकाम मलङ्गवाबाट वीरगञ्जका लागि छुटेको ना२ख ४५०८ नंको दाइभाइ बसले किच्दा उनको मृत्यु भएको थियो । बस चढ्न लाग्दा मन्सुुरको खुट्टा चिप्लिएर लड्दा सोहि बसको पछाडिको चक्काले किचिएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक अवधकिशोर ओझाले जानकारी दिनुभयो ।

उहाँले बस चढ्ने समयमा भीडभाड भएको र अर्को बसलाई दाइभाइ बसले ओभर टेक गर्न हतार गर्दा दुर्घटना हुन पुगेको बताउनुभयो । दुर्घटनापछि स्थानीयवासीले मलङ्गवा नवलपुर सडकखण्डको लक्ष्मीपुरमा दुई घण्टा बाटो अवरुद्ध गरेका थिए । दुर्घटनालगत्तै बस चालकले बस लिएर हरिपुर इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको थियो । बस र चालक अहिले प्रहरी नियन्त्रणमा छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ९ : ५६ बजे

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका

जनमत पार्टीमा विवादबीच सरकार समर्थन कायम रहेको दाबी, आन्तरिक मतभेद सतहमा

जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच संसदीय दलका

यूएईमा ‘सम्भावित हवाई खतरा’को चेतावनी, अमेरिकी दूतावास सतर्क

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अमेरिकी दूतावासले ‘सम्भावित हवाई

मेघगर्जनसहित वर्षा बढ्ने संकेत, सतर्क रहन आग्रह

काठमाडौं । देशभर आज मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष