२०८३, ९ भाद्र बुधबार

प्रधानमन्त्रीको चीन भ्रमणमा लिपुलेकको अडान ऐतिहासिक साहस होः डा. भट्टराई

प्रधानमन्त्रीको चीन भ्रमणमा लिपुलेकको अडान ऐतिहासिक साहस होः डा. भट्टराई


काठमाडौं । प्रधानमन्त्रीको हालैको चीन भ्रमणमा लिपुलेकको विषयमा देखाइएको अडानलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्रविद् डा. राजन भट्टराईले ऐतिहासिक साहसको कदम भएको बताएका छन्।

प्रेस चौतारी नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै डा. भट्टराईले भने, “लिपुलेक, कालापानी र लिम्पियाधुरा त्यो भूमि हो, जुन हाम्रा पुर्खाहरूले पानी नखाईकन जोगाएका थिए। अब राष्ट्रघाती मौनता सह्य हुँदैन।” डा. भट्टराईले भारत–चीनबीच हालै भएको दस बुँदे सहमतिप्रति गम्भीर आपत्ति जनाउँदै सहमतिका आठौं बुँदा लिपुलेकसँग प्रत्यक्ष सम्बन्धित रहेको उल्लेख गरे। उनले भने,

“नेपालको सहमति विना लिपुलेक क्षेत्रलाई व्यापारिक मार्ग बनाउने निर्णय अन्तर्राष्ट्रिय नियमविपरीतको स्पष्ट हस्तक्षेप हो। भारतको अतिक्रमण त स्पष्ट छ, तर चीनको चुप्पी अब आपत्तिजनक बनेको छ।” उनले नेपालले पटक–पटक आफ्ना सीमासम्बन्धी दाबी इतिहास, दस्तावेज र तथ्यका आधारमा उठाउँदै आएको स्मरण गराउँदै थपे, “यो भूभाग कुनै राजनीतिक नाफा–नोक्साको हिसाबकिताब गर्ने विषय होइन, यो नेपालको पहिचान, स्वाभिमान र अस्तित्वको विषय हो।” डा. भट्टराईले भने, “नेपालको भूमि र राष्ट्रिय स्वाभिमानको सवालमा अब कुनै पनि प्रकारको सम्झौता स्वीकार्य छैन।”

प्रकाशित मिति : २०८२, १६ भाद्र सोमबार  ५ : ४४ बजे

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण