२०८२, १६ पुस बुधबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, आईजीपी चयन र चीन भ्रमण एजेण्डामा छलफल

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, आईजीपी चयन र चीन भ्रमण एजेण्डामा छलफल


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमण र नियमित एजेण्डामाथि छलफल भइरहेको छ।

प्रधानमन्त्री ओली शनिबार सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गर्ने तयारीमा छन्। भ्रमणअघि उनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

यसैबीच, नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पद खाली हुँदै जाँदा नयाँ नियुक्तिबारे पनि बैठकमा छलफल हुने सम्भावना रहेको छ। हालका आईजीपी दीपक थापा भदौ १८ गते अनिवार्य अवकाशमा जाँदै छन्। अतिरिक्त महानिरीक्षक चन्द्रकुबेर खापुङ प्रमुख दाबेदार मानिएका छन्।

प्रधानमन्त्री ओलीले आजै दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०८२, १३ भाद्र शुक्रबार  ११ : ५४ बजे

नेपाल इतिहासकै कठिन मोडमा छ : एमाले उपमहासचिव भट्टराई

काठमाडौं, पुस १६ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाल

कांग्रेसको समानुपातिक बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व छैन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको

इतिहास मेटेर नयाँ बन्ने राजनीति शक्ति दीर्घकालीन हुँदैन : एमाले सचिव पद्मा अर्याल

काठमाडौं । इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीतिक शक्ति दीर्घकालीन

एमाले उपाध्यक्ष पौडेलको आरोप : सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनका लागि

सिन्धुलीमा गोली लागेर एक युवकको मृत्यु

सिन्धुली । सिन्धुलीमा गोली लागेर एक जना युवकको मृत्यु भएको