२०८२, २६ फाल्गुन बुधबार

कलंकी नजिकै कोल्ड ड्रिङ्क्स बोकेको पिकअप भ्यान दुर्घटना

कलंकी नजिकै कोल्ड ड्रिङ्क्स बोकेको पिकअप भ्यान दुर्घटना


काठमाडौं । काठमाडौंको कलंकी नजिकै सोमबार बिहान एक पिकअप भ्यान सडक दुर्घटनामा परेको छ। बा १३ च ६११९ नम्बरको उक्त भ्यान बिहान करिब ६:५० बजे बल्खुतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार, भ्यानमा कोल्ड ड्रिङ्क्स बोकेको थियो र दुर्घटना हुँदा कुनै मानवीय क्षति भएको छैन। धादिङ निवासी २४ वर्षीय चालक गौरव रानामगर सकुशल रहेको पुष्टि गरिएको छ।

प्रवक्ता गिरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिँदै घटनाको थप विवरण आउन बाँकी रहेको बताए। प्रारम्भिक अनुमान अनुसार अनियन्त्रित गति वा ब्रेक फेलजस्ता कारण दुर्घटना हुन सक्ने प्रहरी स्रोतको भनाइ छ।

दुर्घटनापछि केहीबेर सडकमा सवारी अवरोध भए पनि अहिले अवस्था सामान्य भएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, ९ भाद्र सोमबार  ११ : ०६ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा