२०८३, २७ भाद्र आईतबार

भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् किन्ने, कुल निर्यात ११३० मेगावाट नाघ्यो

भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् किन्ने, कुल निर्यात ११३० मेगावाट नाघ्यो


काठमाडौं । भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् किन्ने सहमति जनाएको छ। भदौ ५ गते भारत सरकारले नेपालका दुई जलविद्युत् आयोजनाबाट विद्युत् आयात गर्न अनुमति दिएको हो । भारतले मेवा खोला जलविद्युत् आयोजनाबाट ४८.५ मेगावाट र करुवा सेती हाइड्रोपावरबाट ३१.०४ मेगावाट विद्युत् खरिद गर्ने अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।

यसअघि भारतले नेपालबाट १०१०.९ मेगावाट विद्युत् खरिद गरिरहेको थियो । पछिल्लो ८० मेगावाट थपिएसँगै अब भारतमा निर्यात हुने कुल विद्युत् १०९०.९ मेगावाट पुगेको छ । यससँगै हाल नेपालले भारत र बंगलादेश गरी कुल ११३०.९ मेगावाट विद्युत् निर्यात गरिरहेको छ । बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् खरिद गरिरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणले उत्पादन क्षमतामा निरन्तर वृद्धि गर्दै लगेको र विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्दै गएको यो एक महत्वपूर्ण उपलब्धि हो।

विद्युत् निर्यातमा आत्मनिर्भरता र आर्थिक फाइदा

ऊर्जा क्षेत्रमा बढ्दो आत्मनिर्भरता र निर्यातको वृद्धिले नेपालको विद्युत् व्यापार सन्तुलनमा सकारात्मक प्रभाव पारेको छ। यसले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नुका साथै विदेशी मुद्राको आय पनि बढाएको छ।

विद्युत् प्राधिकरणका अनुसार आगामी वर्षहरूमा अझ धेरै आयोजना उत्पादनमा आएपछि विद्युत् निर्यात क्षमतामा थप वृद्धि हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, ६ भाद्र शुक्रबार  ११ : १८ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।