२०८२, १६ पुस बुधबार

स्थानीय भाषामा सूचना प्रवाह सुरु, एनटिभी वर्ल्ड असोज ३ मा लञ्च हुने सञ्चारमन्त्री गुरुङ

स्थानीय भाषामा सूचना प्रवाह सुरु, एनटिभी वर्ल्ड असोज ३ मा लञ्च हुने सञ्चारमन्त्री गुरुङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय भाषाको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न माध्यमबाट सूचना प्रसारण सुरु गरिएको जानकारी दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ३१औँ तामाङ प्रसारण दिवसको अवसरमा आयोजित तामाङ मिडिया अवार्ड वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सुदूरपश्चिमको डोटीमा डोटेली भाषामा र सुर्खेतमा खस भाषामा रेडियोमार्फत सूचना प्रसारण सुरु गरिएको बताए । “डोटीबाट डोटेली भाषा र सुर्खेतको रेडियोबाट खस भाषामा सूचना दिन सुरु गरेका छौँ,” मन्त्री गुरुङले भने, “भाषाको संरक्षण मात्र होइन, यसको विकासका लागि पनि काम गर्नुपर्छ। व्याकरण, साहित्य आदिको विकासका लागि कार्यक्रमहरू बनाउनु पर्छ ।” उनले स्थानीय भाषाको विकासमा मिडियाहरूले स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए। क्षेत्रीय स्तरमा हुने कामहरू क्षेत्रीयस्तरमै गर्न सकिन्छ उनले थपे ।

कार्यक्रममा मन्त्री गुरुङले संविधान दिवसको अवसरमा आगामी असोज ३ गते ‘एनटिभी वर्ल्ड’ को औपचारिक सुरुवात हुने घोषणा पनि गरे । “नेपाललाई केवल नेपालभित्र सीमित गरेर हेर्ने समय होइन । नेपाल त संसारको एउटा इकाइ हो,” उनले भने, “हामीले संसारभर नेपाली र अन्य दर्शकलाई देखाउन सक्नुपर्छ कि नेपाल कस्तो देश हो, कहिलेदेखि स्वतन्त्र हो, र यहाँको भाषा, संस्कृति कस्तो छ ।”

उनले नेपालमा सञ्चारमाध्यमको विकासका लागि आवश्यक नीति र ऐन अझैसम्म बन्न नसकेको कुरामा चिन्ता व्यक्त गरे। सो कमजोरीका कारण सञ्चार क्षेत्रमा देखिएका समस्याहरू समाधानमा ढिलाइ भइरहेको उनले स्वीकारे । कार्यक्रममा विभिन्न तामाङ सञ्चारकर्मीलाई सम्मान गरिनुका साथै मातृभाषामा सञ्चारको महत्व बारे छलफल पनि भएको थियो ।

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  ३ : २४ बजे

नेपाल इतिहासकै कठिन मोडमा छ : एमाले उपमहासचिव भट्टराई

काठमाडौं, पुस १६ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाल

कांग्रेसको समानुपातिक बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व छैन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको

इतिहास मेटेर नयाँ बन्ने राजनीति शक्ति दीर्घकालीन हुँदैन : एमाले सचिव पद्मा अर्याल

काठमाडौं । इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीतिक शक्ति दीर्घकालीन

एमाले उपाध्यक्ष पौडेलको आरोप : सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनका लागि

सिन्धुलीमा गोली लागेर एक युवकको मृत्यु

सिन्धुली । सिन्धुलीमा गोली लागेर एक जना युवकको मृत्यु भएको