२०८२, १७ चैत्र बुधबार

पत्रकारमाथि अधिवक्ताको निर्दयी आक्रमण: कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पत्रकारमाथि अधिवक्ताको निर्दयी आक्रमण: कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रेस स्वतन्त्रता संकटमा


नेपाल पत्रकार महासंघ मधेश प्रदेशले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारमाथि अधिवक्ताहरूको समूहले गरेको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषीहरूलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

महासंघका अध्यक्ष श्याम बन्जारा र धनुषा शाखाका अध्यक्ष पुरण साहको हस्ताक्षर भएको ज्ञापनपत्रमा घटना प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर आघात भएको उल्लेख गरिएको छ।

महासंघका अनुसार, श्रीराम गुठीको स्वामित्वमा रहेको चार कठ्ठा जग्गा लिजमा लिएर भवन निर्माणको तयारी भइरहेकै बेला अधिवक्ताहरूको समूहले उक्त जग्गा कब्जा गर्न खोज्दा हुलदंगा मच्चाइएको थियो। त्यस क्रममा महासंघका अध्यक्ष बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो, सञ्चारकर्मी दिवाकर राय, अनिलकुमार निराला र बिनिता यादव घाइते भएका छन्। घाइतेमध्ये दिवाकर रायको अवस्था गम्भीर रहेको र महासचिव महतोको खुट्टा दुई स्थानमा भाँचिएको जनाइएको छ।

घटनापछि तत्काल उजुरी दिएकै भए पनि अहिलेसम्म कुनै दोषी पक्राउ नपरेको भन्दै महासंघले प्रहरीको भूमिका र अनुसन्धानको उदासीनतामा प्रश्न उठाएको छ। यसले कानुनी शासनको मर्यादामा गम्भीर चुनौती आएको महासंघको भनाइ छ।

महासंघले सरकारसँग प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कदम चाल्न तथा घटनामा संलग्न सबैलाई निष्पक्ष छानबिनपछि कडा कारबाही गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, ३१ श्रावण शनिबार  १२ : ५० बजे

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि