२०८३, ९ भाद्र बुधबार

मानबी मोक्तान र टिकाराम तामाङ ‘तामाङ मिडिया अवार्ड २०८२’ बाट सम्मानित हुने

मानबी मोक्तान र टिकाराम तामाङ ‘तामाङ मिडिया अवार्ड २०८२’ बाट सम्मानित हुने

भदौ १ गते तामाङ प्रसारण दिवसमा अवार्ड वितरण हुने


काठमाडौं । तामाङ पत्रकार संघले धनकुटाकी मालती मोक्तान मानबी र नुवाकोटका टिकाराम तामाङलाई यस वर्षको तामाङ मिडिया अवार्ड २०८२ प्रदान गर्ने भएको छ।

संघले हरेक वर्ष भदौ १ गते तामाङ प्रसारण दिवस को अवसरमा एक महिला र एक पुरुष सञ्चारकर्मीलाई अवार्ड प्रदान गर्दै आएको छ। यस वर्ष संघको विभिन्न प्रदेश र जिल्ला समितिबाट प्राप्त सिफारिसका आधारमा, मापदण्डअनुसार छनोट समितिले नाम सिफारिस गरेको र साउन ३० गते बसेको संघीय सचिवालय बैठकले दुवैको चयन गरेको हो।

तामाङ पत्रकार संघका महासचिव सरस्वती तामाङका अनुसार अवार्ड आगामी भदौ १ गते विशेष समारोहका बीच प्रदान गरिनेछ। “यो अवार्ड तामाङ पत्रकारहरूको योगदानलाई सम्मान गर्दै, समुदायको सञ्चार क्षेत्रमा पहुँच विस्तारमा थप प्रेरणा दिने उद्देश्यले दिइँदै आएको हो,” उनले भनिन्।

२०६१ सालमा स्थापना भएको तामाङ पत्रकार संघले तामाङ समुदायको सञ्चार क्षेत्रमा पहुँच विस्तार र पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि २ वटा प्रदेश समिति, २३ वटा जिल्ला समिति तथा दक्षिण कोरिया प्रवास समिति गठन गरी गतिविधि सञ्चालन गर्दै आएको छ। संघले पत्रकारिता तालिम, सञ्चार अनुसन्धान, बुलेटिन र पत्रिका प्रकाशन, पुस्तक प्रकाशन, भाषा–साहित्य–संस्कृति प्रवर्द्धनलगायतका क्षेत्रमा सक्रिय भूमिका खेलेको छ।

भदौ १, २०५१ मा पहिलो पटक रेडियो नेपालबाट तामाङ भाषामा समाचार प्रसारण भएको दिनको सम्झनामा मनाइने तामाङ प्रसारण दिवस यस वर्ष पनि देशभरका सञ्चारकर्मीहरूको सहभागितामा मनाइने संघले जनाएको छ।

प्रकाशित मिति : २०८२, ३० श्रावण शुक्रबार  १० : २५ बजे

बाढीपहिरोका कारण कांग्रेसको महिला उद्यमशीलता सम्मेलन स्थगित

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा प्रतिकूल मौसमका कारण

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको

बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडि काठमाडौंमै रोकिए

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको