२०८३, १३ कार्तिक शुक्रबार

छोरीहरुद्वारा बाबुको काजक्रिया परम्परागत पितृसत्तामाथि चुनौती, नेकपा एमालेको समर्थन

छोरीहरुद्वारा बाबुको काजक्रिया परम्परागत पितृसत्तामाथि चुनौती, नेकपा एमालेको समर्थन


धादिङ । नेपाली समाजमा महिलामाथि थोपरिएका परम्परागत धार्मिक र सांस्कृतिक मान्यता तोड्दै र सशक्त सन्देश दिंदै नेकपा एमाले नेतृ राधिका सापकोटा, बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटा, तथा बौद्धिक परिषद काभ्रेकी कोषाध्यक्ष निर्मला सापकोटाले आफ्ना पिता हरि प्रसाद सापकोटाको काजक्रिया आफैं गरेकी छन् ।

श्रद्धेय पिताको असामयिक निधनपछि छोरीहरूद्वारा गरिएको काजक्रिया सामाजिक रूपमा साहसिक मात्र नभई पितृसत्तात्मक परम्पराप्रति प्रतिरोधको प्रतीक बनेको छ । नेपाली समाजमा काजक्रिया जस्ता धार्मिक कार्यहरू पुरुष सदस्यद्वारा गरिनुपर्ने परम्पराले महिलालाई दोस्रो दर्जाको नागरिक ठान्दै आएको यथार्थलाई यो कार्यले खुला चुनौती दिएको छ ।

यसै सन्दर्भमा नेकपा एमाले जिल्ला कमिटी धादिङले एक विज्ञप्ति जारी गर्दै काजक्रिया गर्ने छोरीहरू र उनीहरूको परिवारलाई उच्च सम्मान व्यक्त गर्दै ऐक्यबद्धता प्रकट गरेको छ। कमिटीका अध्यक्ष भुमि त्रिपाठीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, महिला आन्दोलनका योद्धाहरूले लिएको यो साहसिक कदम परम्परागत कुप्रथा विरुद्धको विद्रोह हो । संविधानद्वारा सुनिश्चित धार्मिक स्वतन्त्रता र समानताको हक अन्तर्गत गरिएको यो कार्यको पार्टी समर्थन गर्दछ ।

विज्ञप्तिमा अझ भनिएको छ, “सामन्तवादी मानसिकता र पुरुषसत्तात्मक संरचनाका नाममा महिलाको स्वतन्त्रता र पहिचानलाई दबाउने संस्कार अब स्वीकार्य हुन सक्दैन।” राधिका, विमला, र निर्मला सापकोटाहरू विगतदेखि नै महिला अधिकार तथा सामाजिक रूपान्तरणको आन्दोलनमा अग्रपंक्तिमा रहँदै आएका छन्।

उनीहरूको यो कदमले महिलाले पनि धार्मिक–संस्कारिक कार्यमा समान अधिकार प्राप्त गर्नुपर्छ भन्ने बहसलाई थप बल पुर्‍याएको छ। सामाजिक सञ्जालदेखि विभिन्न राजनीतिक तथा नागरिक क्षेत्रसम्म यो कदमको स्वागत भइरहेको छ।

प्रकाशित मिति : २०८२, ३० श्रावण शुक्रबार  १० : ५४ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित