२०८३, ८ बैशाख बुधबार

छोरीहरुद्वारा बाबुको काजक्रिया परम्परागत पितृसत्तामाथि चुनौती, नेकपा एमालेको समर्थन

छोरीहरुद्वारा बाबुको काजक्रिया परम्परागत पितृसत्तामाथि चुनौती, नेकपा एमालेको समर्थन


धादिङ । नेपाली समाजमा महिलामाथि थोपरिएका परम्परागत धार्मिक र सांस्कृतिक मान्यता तोड्दै र सशक्त सन्देश दिंदै नेकपा एमाले नेतृ राधिका सापकोटा, बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटा, तथा बौद्धिक परिषद काभ्रेकी कोषाध्यक्ष निर्मला सापकोटाले आफ्ना पिता हरि प्रसाद सापकोटाको काजक्रिया आफैं गरेकी छन् ।

श्रद्धेय पिताको असामयिक निधनपछि छोरीहरूद्वारा गरिएको काजक्रिया सामाजिक रूपमा साहसिक मात्र नभई पितृसत्तात्मक परम्पराप्रति प्रतिरोधको प्रतीक बनेको छ । नेपाली समाजमा काजक्रिया जस्ता धार्मिक कार्यहरू पुरुष सदस्यद्वारा गरिनुपर्ने परम्पराले महिलालाई दोस्रो दर्जाको नागरिक ठान्दै आएको यथार्थलाई यो कार्यले खुला चुनौती दिएको छ ।

यसै सन्दर्भमा नेकपा एमाले जिल्ला कमिटी धादिङले एक विज्ञप्ति जारी गर्दै काजक्रिया गर्ने छोरीहरू र उनीहरूको परिवारलाई उच्च सम्मान व्यक्त गर्दै ऐक्यबद्धता प्रकट गरेको छ। कमिटीका अध्यक्ष भुमि त्रिपाठीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, महिला आन्दोलनका योद्धाहरूले लिएको यो साहसिक कदम परम्परागत कुप्रथा विरुद्धको विद्रोह हो । संविधानद्वारा सुनिश्चित धार्मिक स्वतन्त्रता र समानताको हक अन्तर्गत गरिएको यो कार्यको पार्टी समर्थन गर्दछ ।

विज्ञप्तिमा अझ भनिएको छ, “सामन्तवादी मानसिकता र पुरुषसत्तात्मक संरचनाका नाममा महिलाको स्वतन्त्रता र पहिचानलाई दबाउने संस्कार अब स्वीकार्य हुन सक्दैन।” राधिका, विमला, र निर्मला सापकोटाहरू विगतदेखि नै महिला अधिकार तथा सामाजिक रूपान्तरणको आन्दोलनमा अग्रपंक्तिमा रहँदै आएका छन्।

उनीहरूको यो कदमले महिलाले पनि धार्मिक–संस्कारिक कार्यमा समान अधिकार प्राप्त गर्नुपर्छ भन्ने बहसलाई थप बल पुर्‍याएको छ। सामाजिक सञ्जालदेखि विभिन्न राजनीतिक तथा नागरिक क्षेत्रसम्म यो कदमको स्वागत भइरहेको छ।

प्रकाशित मिति : २०८२, ३० श्रावण शुक्रबार  १० : ५४ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले