२०८३, ३१ भाद्र बिहीबार

तनहुँको शुक्लागण्डकी नगरमा फोहरमैला केन्द्र निर्माण

तनहुँको शुक्लागण्डकी नगरमा फोहरमैला केन्द्र निर्माण


दमौली, ३० भदौ तनहुँको शुक्लागण्डकी नगरपालिकामा फोहरमैला व्यवस्थापनका लागि व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भएको छ ।

नगरको फोहर व्यवस्थापन समग्र नगरपालिकाको चिन्ता र चासोको विषय भएकाले नगरलाई सफा राख्न फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा नै फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याउने नगरसभाबाटै निर्णय गरेको थियो ।

हालै मात्रै शुक्लागण्डकी नगरपालिका–५ स्थित गल्छिनाभन्दा तल व्यवस्थित फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिनुभयो । उहाँका अनुसार फोहरमैला व्यवस्थापन केन्द्र केही दिनभित्रै सञ्चालनमा आउनेछ । फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि रु २४ लाख खर्च भएको छ ।

नगरपालिकाले आगामी चार वर्षभित्र पूर्ण सरसफाइ र वातावरणमैत्री नगर बनाउने लक्ष्य लिएको छ । उक्त लक्ष्य प्राप्तिका लागि नगर क्षेत्रभित्र रहेका टोल विकास संस्थालाई सरसफाइ र वातावरणमैत्री गतिविधिमा टेवा पु¥याउन तालीम दिइनेछ ।

त्यस्तै वातावरण र सरसफाइको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने टोललाई प्रत्येक वर्ष पुरस्कार र सम्मानको व्यवस्था मिलाइने प्रवक्ता कुमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सार्वजनिक निजी साझेदारीमार्फत सरसफाइ र वातावरण सुधारका कार्यक्रम सञ्चालन गरिनेछ ।
फोहरलाई मोहर बनाउने सचेतना कार्यक्रम सञ्चालन गरी जनसहभागितामा सफा र सभ्य नगरपालिकाका रूपमा विकास गर्ने योजना बनाएको शुक्लागण्डकीले सार्वजनिक शौचालय व्यवस्थापनका साथै आवश्यकताअनुसार नयाँ योजना बनाएको छ ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  १० : ५६ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक