२०८२, १० पुस बिहीबार

तनहुँको शुक्लागण्डकी नगरमा फोहरमैला केन्द्र निर्माण

तनहुँको शुक्लागण्डकी नगरमा फोहरमैला केन्द्र निर्माण


दमौली, ३० भदौ तनहुँको शुक्लागण्डकी नगरपालिकामा फोहरमैला व्यवस्थापनका लागि व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भएको छ ।

नगरको फोहर व्यवस्थापन समग्र नगरपालिकाको चिन्ता र चासोको विषय भएकाले नगरलाई सफा राख्न फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा नै फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याउने नगरसभाबाटै निर्णय गरेको थियो ।

हालै मात्रै शुक्लागण्डकी नगरपालिका–५ स्थित गल्छिनाभन्दा तल व्यवस्थित फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिनुभयो । उहाँका अनुसार फोहरमैला व्यवस्थापन केन्द्र केही दिनभित्रै सञ्चालनमा आउनेछ । फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि रु २४ लाख खर्च भएको छ ।

नगरपालिकाले आगामी चार वर्षभित्र पूर्ण सरसफाइ र वातावरणमैत्री नगर बनाउने लक्ष्य लिएको छ । उक्त लक्ष्य प्राप्तिका लागि नगर क्षेत्रभित्र रहेका टोल विकास संस्थालाई सरसफाइ र वातावरणमैत्री गतिविधिमा टेवा पु¥याउन तालीम दिइनेछ ।

त्यस्तै वातावरण र सरसफाइको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने टोललाई प्रत्येक वर्ष पुरस्कार र सम्मानको व्यवस्था मिलाइने प्रवक्ता कुमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सार्वजनिक निजी साझेदारीमार्फत सरसफाइ र वातावरण सुधारका कार्यक्रम सञ्चालन गरिनेछ ।
फोहरलाई मोहर बनाउने सचेतना कार्यक्रम सञ्चालन गरी जनसहभागितामा सफा र सभ्य नगरपालिकाका रूपमा विकास गर्ने योजना बनाएको शुक्लागण्डकीले सार्वजनिक शौचालय व्यवस्थापनका साथै आवश्यकताअनुसार नयाँ योजना बनाएको छ ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  १० : ५६ बजे

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय