२०८३, २१ जेष्ठ शुक्रबार

गाईजात्रा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको छ : प्रधानमन्त्री ओली

गाईजात्रा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको छ : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको गाईजात्रा पर्व हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको बताएका छन् ।

आइतबार गाईजात्राको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले मृत्यु शोकमा रहेका परिवारले आ–आफ्ना घरबाट गाईजात्रा निकाल्नु पर्ने चलन चलाएर मृत्यु जतासुकै र जोसुकैको परिवारमा रहेको सान्त्वनापूर्ण मनोवैज्ञानिक सन्देश दिन यस पर्वको सुरुवात भएको बताए ।

देशैभर मनाउन थालिएको थियो। मृत्यु शोकमा रहेका परिवारले आ–आफ्ना घरबाट गाईजात्रा निकाल्नु पर्ने चलन चलाएर मृत्यु जतासुकै र जोसुकैको परिवारमा रहेको सान्त्वनापूर्ण मनोवैज्ञानिक सन्देश दिन यस पर्वको सुरुवात भएको मानिन्छ । सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको पर्व समयक्रममा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको पाइन्छ।

गाईजात्रालाई सांस्कृतिक रूपमा मनाउनेहरुका परिवारमा छिट्टै शोक निवारण होस् । यस पर्वलाई व्यङ्ग्यविनोदका रूपमा मनाउनेहरुलाई पनि स्वस्थ मनोरञ्जन प्राप्त होस्।

प्रकाशित मिति : २०८२, २५ श्रावण आईतबार  ८ : ०९ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई