२०८२, २ फाल्गुन शनिबार

चार संसदीय समितिको बैठक आज, लुम्बिनी विकासदेखि जलस्रोत विधेयकसम्मको छलफल

चार संसदीय समितिको बैठक आज, लुम्बिनी विकासदेखि जलस्रोत विधेयकसम्मको छलफल


काठमाडौं । संघीय संसद् अन्तर्गतका चार संसदीय समितिहरूको बैठक आज बस्दैछन्। समितिहरूले विभिन्न महत्वपूर्ण विधेयक र नीतिगत विषयमा छलफल गर्ने कार्यक्रम तय गरेका छन्।

१. अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ। लुम्बिनी क्षेत्रको विकास र व्यवस्थापनमा देखिएको ढिलाइ र समस्या समाधानका उपायबारे समिति केन्द्रित हुने बताइएको छ।

२. कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति
यस समितिको बैठक बिहान ११ बजेका लागि तय गरिएको छ। बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा दफावार छलफल गरिनेछ। भूमि सुधार, स्वामित्व तथा उपयोगसम्बन्धी कानुनी प्रावधानहरू सुधार गर्ने उद्देश्यले तयार पारिएको विधेयकमाथि व्यापक बहस हुने अपेक्षा गरिएको छ।

३. विधायन व्यवस्थापन समिति
विहान ११ बजे बस्ने अर्काे बैठक विधायन व्यवस्थापन समितिको हो। उक्त बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदाको प्रतिवेदनमाथि छलफल गरिनेछ। जलस्रोतको उपयोग, संरक्षण तथा व्यवस्थापनसँग सम्बन्धित यो विधेयकलाई आगामी दिनमा संसदमा पेश गर्नुअघि समितिले अन्तिम समीक्षा गर्ने तयारी गरेको हो।

४. सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति
दिउँसो १ बजेका लागि तय गरिएको यो समितिको बैठकमा ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन’ माथि छलफल गरिनेछ। जैविक विविधता संरक्षण, निकुञ्ज व्यवस्थापन र वातावरणीय सरोकारहरूका विषयमा समितिले गम्भीर बहस गर्ने बताइएको छ।

संघीय संसद्का यी समितिहरूले सरोकारवाला मन्त्रालयहरूका प्रतिनिधिसँग आवश्यक स्पष्टीकरण माग गर्दै, कानुनी र नीतिगत सिफारिसहरू अघि बढाउने तयारी गरेका छन्।

प्रकाशित मिति : २०८२, २१ श्रावण बुधबार  ८ : ३९ बजे

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य पदका

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड