२०८३, २७ भाद्र आईतबार

डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ घोषणा, सुरक्षा पक्षमा प्रश्न उठ्दै

डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ घोषणा, सुरक्षा पक्षमा प्रश्न उठ्दै


काठमाडौं । डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ सुरु गर्दै नेपाली बजारमा लोकप्रिय प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी गाडीलाई विशेष छुटमा उपलब्ध गराएको छ ।

डोङफेङ नामी गाडी बलियो ब्याट्री रेन्ज, लक्जरी इन्टेरियर र सहज प्रविधिको संयोजनमार्फत पाँचतारे लक्जरी इलेक्ट्रिक भेइकलको रूपमा परिचित छ । यस चाडपर्व अफरअन्तर्गत नामी गाडीको मूल्य ३४.७९ लाख रुपैयाँबाट घटाएर ३३.९९ लाख रुपैयाँ कायम गरिएको छ । कम्पनीले ग्राहकलाई भीडभाडबाट बचेर चाडपर्वको उत्सव पहिले नै सुरु गर्ने मौका दिएको जनाएको छ ।

तर, केही सवारी विशेषज्ञ र ग्राहकहरूले गाडीको सुरक्षा पक्षमा प्रश्न उठाएका छन्। उनीहरूले सुरक्षा परीक्षण र मानकबारे थप स्पष्टता आवश्यक रहेको बताएका छन्। डोङफेङ नामीका गाडीहरू देशभरका सबै शोरूमहरूमा उपलब्ध छन् र कम्पनीले नेपालमा इलेक्ट्रिक सवारी साधनको पहुँच विस्तारमा अग्रणी भूमिका खेल्दै आएको छ । यस वर्षको प्रतिक्षित चाडपर्व अफरमार्फत अझ धेरै नेपालीले प्रिमियम इलेक्ट्रिक गाडी सहजै पाउन सक्ने कम्पनीको विश्वास छ।

प्रकाशित मिति : २०८२, १८ श्रावण आईतबार  १२ : ३३ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।