२०८३, ९ भाद्र बुधबार

कांग्रेस–एमालेबीच छलफल सम्पन्न, मन्त्री हेरफेरबारे चर्चा भएन

कांग्रेस–एमालेबीच छलफल सम्पन्न, मन्त्री हेरफेरबारे चर्चा भएन


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय छलफल सम्पन्न भएको छ। तर, बैठकमा मन्त्रीपरिषद् हेरफेरको विषयमा भने कुनै छलफल नभएको स्रोतले जनाएको छ।

बैठकमा संसदमा विचाराधीन विधेयकहरू, कानुन संशोधनका विषयमा विशेष रूपमा छलफल गरिएको छ। यिनै विषयलाई ध्यानमा राखी बैठकमा महान्यायाधिवक्ता रमेश बडाललाई पनि आमन्त्रित गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र महान्यायाधिवक्ता बडाल सहभागी रहेको बैठक विधेयक र कानुन संशोधनबारे गम्भीर छलफलमा केन्द्रित भएको बताइएको छ। एक सहभागी स्रोतका अनुसार, “आजको बैठकमा मन्त्री हेरफेरको एजेन्डा नै थिएन। छलफल केवल विधेयक र कानुन सुधारका विषयमा केन्द्रित रह्यो।”

हालै केही मन्त्रिपरिषद् सदस्यको कार्यसम्पादनबारे असन्तुष्टि देखिँदै आए पनि आजको छलफलमा त्यसबारे चर्चा नगरिनुले मन्त्री हेरफेर तत्काल हुने सम्भावना न्यून देखिएको छ। सरकारले आगामी दिनमा संसदमार्फत अघि बढाउने विधेयकहरूबारे सहमति र समन्वय जुटाउन कांग्रेस–एमाले नेतृत्वबीच यस्ता बैठकहरू हुँदै आएका छन्।

प्रकाशित मिति : २०८२, १५ श्रावण बिहीबार  २ : ५९ बजे

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा

रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार 

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी व्यवस्थापनका लागि कांग्रेसले बनायो समन्वय समिति

काठमाडौं । नेपाली कांग्रेसले रसुवामा आएको भीषण बाढीपछि उद्धार, राहत

बाढीपहिरोका कारण कांग्रेसको महिला उद्यमशीलता सम्मेलन स्थगित

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा प्रतिकूल मौसमका कारण

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको