२०८३, १२ असार शनिबार

बागमतीमा एमाले संसदीय दलको बैठक आज बस्दै, सत्ता समीकरणबारे छलफल हुने

बागमतीमा एमाले संसदीय दलको बैठक आज बस्दै, सत्ता समीकरणबारे छलफल हुने


हेटौंडा । बागमती प्रदेश सरकारको सत्ता साझेदार नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रदेशको पछिल्लो राजनीतिक संकट र आगामी सत्ता समीकरणबारे रणनीति तय गर्न बैठक आह्वान गरिएको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकार सञ्चालनको प्रभावकारिता, कांग्रेसभित्रको आन्तरिक विवादले सरकारमा पारेको असर, र एमालेको भूमिकाबारे विस्तृत छलफल गरिनेछ । यसअघि, नेपाली कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री बहादुरसिंह लामालाई संसदीय दलको नेताबाट हटाएको छ । कांग्रेस आज नयाँ नेता चयन गर्न मतदान गराउँदैछ, जसपछिको प्राथमिक लक्ष्य मुख्यमन्त्री पदमा नयाँ व्यक्ति प्रस्ताव गर्नु हो ।

सत्ता गठबन्धनमा सहभागी एमाले भने यो स्थितिमा के भूमिका लिने भन्नेबारे स्पष्ट निर्णयमा पुगेको छैन। तर प्रमुख दलका नेताहरूबीच पछिल्लो समयमा भएका अनौपचारिक छलफलहरूबाट एमालेले अबको समीकरणमा सक्रिय भूमिका खेल्ने सम्भावना बढेको देखिन्छ । बैठकमा प्रदेशमा देखिएको अस्थिरताको मूल्याङ्कन गर्नुका साथै आगामी सम्भावित गठबन्धन निर्माण, समर्थन वा विपक्षमा बस्नेजस्ता विषयहरूमा स्पष्ट रणनीति तय हुने बताइएको छ । कांग्रेस भित्रको नेतृत्व संघर्षले प्रदेश सरकारको स्थायित्वमाथि प्रश्न खडा गरिरहेकाले एमालेले नयाँ समीकरणतर्फ संकेत गर्ने अनुमान गरिएको छ ।

प्रदेश सरकारको स्थायित्व, प्रभावकारी सञ्चालन, र दलहरूको आपसी समन्वयको सन्दर्भमा आजको बैठक निर्णायक हुने विश्वास गरिएको छ। एमालेको निर्णयले आगामी दिनमा प्रदेशको सत्ता संरचना कस्तो बन्छ भन्ने कुरामा प्रत्यक्ष प्रभाव पार्नेछ ।

प्रकाशित मिति : २०८२, १४ श्रावण बुधबार  ९ : २२ बजे

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल