२०८३, ८ असार मंगलबार

रामेछापको भटौली खोलाको पुल कटानको जोखिममा, संरक्षण नगरे बगाउने खतरा

रामेछापको भटौली खोलाको पुल कटानको जोखिममा, संरक्षण नगरे बगाउने खतरा


रामेछाप । सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ, सुनापति तथा काठमाडौंसँग जोड्ने वैकल्पिक मार्गमा पर्ने भटौली खोलाको पक्की पुल कटानको जोखिममा परेको छ ।

मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबास जोड्ने उक्त पुल खोलाको बाढीले कटान गर्दा जोखिममा परेको हो। भटौली खोलामा आएको बाढीले पुलको पकरबासपट्टि रहेको पिलरमा सिधै ठोक्किन थालेको खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनले भने, ‘खोलाको बहाव नै पुलको पिलरमा सोझै ठोक्किएको छ, टेवा पर्खाल वा जाली लगाएर संरक्षण नगरे पुलमा ठूलो क्षति पुग्न सक्छ ।’ सो विषयमा खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला निकायलाई जानकारी गराइसकिएको उनले बताए । वर्षा याम सुरु भएसँगै खोलामा निरन्तर बाढी आइरहेकोले तत्काल संरक्षण नगरेमा पुल पुल बगाउने जोखिम रहेको वडाध्यक्ष पौडेलको भनाइ छ ।

प्रकाशित मिति : २०८२, १० श्रावण शनिबार  १० : ३९ बजे

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२