२०८२, २ फाल्गुन शनिबार

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने


काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ । उपाध्यक्ष बिष्णु पौडेल नेतृत्वको समितिले बरिष्ठ उपाध्यक्ष पद हटाएर पदाधिकारी संख्यामा भारी कटौतीको प्रस्ताव राखेपछि सचिवालय बैठकमा गरामगरम बहश भएको हो ।

एमालेले आज विधान संशोधन प्रस्ताव र पूर्वराष्ट्रपति विद्या भण्डारीलाई जिम्मेवारी दिनेलगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको थियो । सो बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी रहेको छ । बैठकमा १९ सदस्यीय पार्टी पदाधिकारी घटाएर ११ सदस्यीय कायम गर्ने प्रस्ताव पेश भएको छ । उपाध्यक्ष पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उक्त व्यवस्था गरिएको हो ।

एमालेमा अहिले वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारी रहेका छन । सो ब्यवस्था हटाएर अध्यक्षसहित तीन उपाध्यक्ष, एक महासचिव, उपमहासचिव एक र पाँच सचिवको ब्यवस्था गर्न प्रस्ताव गरिएको छ । यस्तै केन्द्रीय सदस्यको आकारमा भारी कटौती गरी १९९ सदस्यीय रहने संशोधित विधान प्रस्तावमा उल्लेख छ ।

यस्तै विधान संशोधन प्रस्तावमा ७० वर्षको उमेर हद र २ कार्यकालको व्यवस्था हटाइएको छ । १० औं सौराहा महाधिवेशनले केन्द्रीय कमिटी संख्या २२५ बाट ३०१ पुर्याएको थियो । यो बीचमा मनोनीत भएका समेत गर्दा अझ बढेको छ ।

प्रस्तावित बिधानमा पदाधिकारी संख्यामा भारी कटौती भएपछि कतिपय नेताको व्यवस्थापनमा जटिलता हुने भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका केही नेताहरुले असहमति जाउनु भएको स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०८२, २ श्रावण शुक्रबार  ८ : २६ बजे

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य पदका

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड