२०८३, १२ कार्तिक बिहीबार

पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन्  कार्यसूची

पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन्  कार्यसूची


काठमाडौं । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ८ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठकमा घले समुदायले छुट्टै जातिमा सूचीकृतको लागि भनी समितिमा दिएको निवेदन  सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ८ : ३० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा काठमाडौं चक्रपथ, कलंकी—महाराजगञ्ज खण्डको डि.पि.आरबारे छलफल हुनेछ । त्यस्तै बिहान  ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरूसँग छलफल हुनेछ ।

त्यस्तै दिउँसो १२ : १५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति सुरक्षा र अपराध नियन्त्रणको अवस्था, सुरक्षाकर्मीको मनोवल बढाउन पछिल्लो समयमा भएका प्रयासहरुबारे छलफल हुनेछ । 

प्रकाशित मिति : २०८२, २ श्रावण शुक्रबार  ७ : ५६ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता