२०८३, ३ आश्विन आईतबार

महिलामाथि खुकुरी प्रहार, अवस्था गम्भीर

महिलामाथि खुकुरी प्रहार, अवस्था गम्भीर


रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ ।

स्थानीय ३२ वर्षीय रजिन सुनुवारले पारिवारिक नातापर्ने २७ वर्षीया एलिसा सुनुवारलाई बुधबार साँझ खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

घटनापछि गम्भीर अवस्थामा रहेकी एलिसालाई आज बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएको र अहिले काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कौशल न्यौपानेले जानकारी दिए ।

खुकुरी प्रहारपछि फरार रहेका रजिन सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिई बिहीबार जिल्ला प्रहरी कार्यालय मन्थलीमा ल्याएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२, १ श्रावण बिहीबार  ३ : १९ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका