२०८३, ७ कार्तिक शनिबार

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो


काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक लम्बिएपछि दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक ३ बजेका लागि सरेको छ। कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिन नसकेपछि सचिवालय बैठकको समय सारिएको हो।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार कार्यदलको बैठक सम्पन्न भएपछि मात्रै सचिवालय बैठक बस्ने भएकाले समय परिवर्तन गरिएको हो। कार्यदलको बैठक बिहान ९ बजेदेखि पार्टी मुख्यालय च्यासलमा जारी छ।

कार्यदलमा पार्टी पुनर्गठन र निर्वाचन समीक्षासम्बन्धी प्रतिवेदनमा सहमति जुटाउने प्रयास भइरहेको छ। यसअघि संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन आएका थिए। ती प्रतिवेदनलाई एकीकृत गरी एउटै निष्कर्षमा पुग्ने प्रयास भए पनि सहमति बन्न सकेको थिएन।

यसबीच अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा प्रदीप ज्ञवालीले छुट्टै २९ पृष्ठको प्रतिवेदन तयार पारेका छन्। उक्त प्रतिवेदनमा नेतृत्व परिवर्तनको प्रस्ताव अस्वीकार गर्दै पार्टी पुनर्गठन र सुधारका विषय अघि सारिएको विवरण सार्वजनिक भएको छ।

अब कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिएपछि त्यसलाई सचिवालयमा पेस गर्ने तयारी छ। त्यसपछि बस्ने सचिवालय बैठकले कार्यदलको प्रतिवेदनसँगै आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे समेत छलफल गर्नेछ। एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्ने तय भएको छ।

प्रकाशित मिति : २०८३, ३ आश्विन आईतबार  २ : ३७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना