२०८२, १६ पुस बुधबार

काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन


काठमाडौं । कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले सोमबार काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।

विद्यालयमा दोहोरो भर्ना बन्द गर्न, छात्रवृत्ति परादर्शी र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति, विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यताका आधारमा नियुक्ति हुनुपर्नेसमेतका माग राखेर प्रदर्शन गरेका हुन् ।

 विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भइरहेको भन्दै तत्काल ऐन जारी गर्न माग नेविसघंको माग रहेको छ । सोमबार विहानदेखि उपत्यका भित्रका क्याम्पसहरु अगाडि भएको प्रदर्शनले यातायात प्रभावित भएको छ । विद्यार्थीहरुले बानेश्वर क्याम्पस, नेपाल कमर्श क्याम्पस,कोटेश्वर क्याम्पस, पुल्चोक क्याम्पसलगायतका क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक मान्य नहुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग समेत राखेका छन् ।

प्रकाशित मिति : २०८२, ३० असार सोमबार  ३ : ४७ बजे

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो