२०८३, २७ भाद्र आईतबार

देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल

देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल


काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।

आइएमई लिमिटेडको २५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले  आइएमई लिमिटेडले विगतदेखि नै देशको विकासमा योगदान गर्दै आइरहेको भन्दै आगामी दिनमा पनि योगदानको निरन्तरता रहने विश्वास व्यक्त गरे ।

उनले भने,‘हाम्रो देशको विकासको जुन गति छ यसलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने छ । सक्दाखेरी र सक्नेजति जति यो देशको लागि योगदान गर्नुभएको छ । यो योगदान चाँही निरन्तर रुपमा रहिरहोस् ।’ त्यस्तै उनले प्रायजसो कम्पनीहरु चाँडै बन्द हुने अवस्था रहेकोमा आइएमई लिमिटेड २५ वर्षसम्म चल्नुपनि ठूलो कुरा रहेको धारणा राखे ।

उनले भने,‘ हाम्रो जस्तो देशमा २५ वर्षसम्म यसरी कम्पनीहरु चल्नुपनि ठूलो कुरा हो । धेरै कम्पनीहरुको चाँडै बन्द हुन्छ ।’

आइएमई लिमिटेडले नसोचेको सफलता पायो : चन्द्र ढकाल

त्यस्तै सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई लिमिटेडलाई रेमिट्यान्समा मात्र सिमित नराखेर अन्य विभिन्न क्षेत्रहरुमा पनि प्राथमिकता दिइएको बताए ।

आइएमई लिमिटेडको यो सम्भावना होला भनेर सुरुवाती चरणमा कसैले पनि नसोचेको भन्दै अहिले लोकप्रिय हुन सफल भएको बताए ।

उनले भने,‘आइएमई लिमिटेडलाई रेमिट्यान्समा मात्र सिमित नराखेर अन्य विभिन्न क्षेत्रहरुमा पनि प्राथमिकता दिइएको छ । सुरुवाती चरणमा आइएमई लिमिटेडको यस्तो सम्भावना होला भनेर कसैले सोचेको थिएन् । अहिले यति लोकप्रिय हुन सफल भएको छ ।’

प्रकाशित मिति : २०८२, ३० जेष्ठ शुक्रबार  ७ : २२ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।