२०८३, १३ असार आईतबार

अखिल २.० अभियान सार्वजनिक, प्रकाश पौडेलले घोषणा गरे अध्यक्ष  उम्मेद्वारी

अखिल २.० अभियान सार्वजनिक, प्रकाश पौडेलले घोषणा गरे अध्यक्ष  उम्मेद्वारी

संगठनभित्र वैचारिक अनुशासन, नेतृत्व उत्पादन र समावेशी सहभागिता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं महाधिवेशनका अध्यक्ष प्रत्यासी प्रकाश पौडेलले ‘अखिल २.०’ अभियान सार्वजनिक गरेका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अभियानसहित घोषणा पत्र सार्वजनिक गरेका हुन्।

‘अखिल २.०’ अभियान विद्यार्थी आन्दोलनको वैचारिक नविकरण र नयाँ पुस्तालाई संगठित गर्ने उद्देश्यसहित ल्याइएको हो। घोषणापत्रमा ‘समृद्ध नेपाल, सँगै समावेशी र वैज्ञानिक समाजवादसम्मको यात्रा’ भन्ने नारासहित २४ महिना २४ माइलस्टोनको योजनासमेत प्रस्तुत गरिएको छ।

घोषणापत्रमा वैचारिक प्रस्तावनादेखि संगठनात्मक रूपान्तरण, विद्यार्थी अधिकार, शिक्षा, स्वास्थ्य, आर्थिक समावेशिता, रोजगारी प्रवर्द्धन, डिजिटल रूपान्तरण, नवप्रवर्तन र समावेशी विकास जस्ता विषयहरू समेटिएका छन्।

अखिल २.० अभियानले ‘वैज्ञानिक समाजवाद’ र मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ लाई आधार मानेर संगठन र विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा लैजाने दाबी गरिएको छ। घोषणापत्रमा मध्यम आययुक्त राष्ट्र बन्ने नेपालको दीर्घकालीन सोच र केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ दृष्टिकोणलाई आत्मसात गर्दै ‘ज्ञानमा आधारित समाज र अर्थतन्त्र’ निर्माण गर्ने योजना प्रस्तुत गरिएको छ।

प्रकाश पौडेल नेतृत्वको अभियानले संगठनभित्र वैचारिक अनुशासन, नेतृत्व उत्पादन र समावेशी सहभागितालाई प्राथमिकतामा राखेको छ। विद्यार्थी राजनीतिमा आएको निराशा हटाउँदै शिक्षा र रोजगारी जस्ता विषयलाई केन्द्रमा राखेर विद्यार्थीहरूलाई सक्रिय बनाउन अभियानले जोड दिएको छ।

अखिल २.० अभियानले डिजिटल खाडल हटाउने, प्रविधि र कृत्रिम बुद्धिमत्ताको सकारात्मक उपयोग गर्ने, युवा स्वरोजगार र स्टार्टअप प्रवर्द्धन गर्ने तथा सबै प्रदेश र समुदायमा समावेशी पहुँचको सुनिश्चितता गर्ने लक्ष्य लिएको छ।

अध्यक्ष प्रत्यासी पौडेलले नयाँ पुस्तालाई संगठित गर्दै “शिक्षा, स्वाभिमान र स्वावलम्बनका लागि अखिल २.०” आवश्यक भएको बताए । उनले अखिल आन्दोलनलाई शैक्षिक र संगठनात्मक रूपमा आधुनिक बनाउँदै नयाँ युगको नेतृत्व गर्न ‘अखिल २.०’ अभियान अघि सारेको स्पष्ट पारे।

प्रकाशित मिति : २०८२, २६ जेष्ठ सोमबार  ९ : ०५ बजे

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल