२०८२, १६ पुस बुधबार

अखिल २.० अभियान सार्वजनिक, प्रकाश पौडेलले घोषणा गरे अध्यक्ष  उम्मेद्वारी

अखिल २.० अभियान सार्वजनिक, प्रकाश पौडेलले घोषणा गरे अध्यक्ष  उम्मेद्वारी

संगठनभित्र वैचारिक अनुशासन, नेतृत्व उत्पादन र समावेशी सहभागिता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं महाधिवेशनका अध्यक्ष प्रत्यासी प्रकाश पौडेलले ‘अखिल २.०’ अभियान सार्वजनिक गरेका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अभियानसहित घोषणा पत्र सार्वजनिक गरेका हुन्।

‘अखिल २.०’ अभियान विद्यार्थी आन्दोलनको वैचारिक नविकरण र नयाँ पुस्तालाई संगठित गर्ने उद्देश्यसहित ल्याइएको हो। घोषणापत्रमा ‘समृद्ध नेपाल, सँगै समावेशी र वैज्ञानिक समाजवादसम्मको यात्रा’ भन्ने नारासहित २४ महिना २४ माइलस्टोनको योजनासमेत प्रस्तुत गरिएको छ।

घोषणापत्रमा वैचारिक प्रस्तावनादेखि संगठनात्मक रूपान्तरण, विद्यार्थी अधिकार, शिक्षा, स्वास्थ्य, आर्थिक समावेशिता, रोजगारी प्रवर्द्धन, डिजिटल रूपान्तरण, नवप्रवर्तन र समावेशी विकास जस्ता विषयहरू समेटिएका छन्।

अखिल २.० अभियानले ‘वैज्ञानिक समाजवाद’ र मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ लाई आधार मानेर संगठन र विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा लैजाने दाबी गरिएको छ। घोषणापत्रमा मध्यम आययुक्त राष्ट्र बन्ने नेपालको दीर्घकालीन सोच र केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ दृष्टिकोणलाई आत्मसात गर्दै ‘ज्ञानमा आधारित समाज र अर्थतन्त्र’ निर्माण गर्ने योजना प्रस्तुत गरिएको छ।

प्रकाश पौडेल नेतृत्वको अभियानले संगठनभित्र वैचारिक अनुशासन, नेतृत्व उत्पादन र समावेशी सहभागितालाई प्राथमिकतामा राखेको छ। विद्यार्थी राजनीतिमा आएको निराशा हटाउँदै शिक्षा र रोजगारी जस्ता विषयलाई केन्द्रमा राखेर विद्यार्थीहरूलाई सक्रिय बनाउन अभियानले जोड दिएको छ।

अखिल २.० अभियानले डिजिटल खाडल हटाउने, प्रविधि र कृत्रिम बुद्धिमत्ताको सकारात्मक उपयोग गर्ने, युवा स्वरोजगार र स्टार्टअप प्रवर्द्धन गर्ने तथा सबै प्रदेश र समुदायमा समावेशी पहुँचको सुनिश्चितता गर्ने लक्ष्य लिएको छ।

अध्यक्ष प्रत्यासी पौडेलले नयाँ पुस्तालाई संगठित गर्दै “शिक्षा, स्वाभिमान र स्वावलम्बनका लागि अखिल २.०” आवश्यक भएको बताए । उनले अखिल आन्दोलनलाई शैक्षिक र संगठनात्मक रूपमा आधुनिक बनाउँदै नयाँ युगको नेतृत्व गर्न ‘अखिल २.०’ अभियान अघि सारेको स्पष्ट पारे।

प्रकाशित मिति : २०८२, २६ जेष्ठ सोमबार  ९ : ०५ बजे

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो