२०८२, ७ माघ बुधबार

‘गणतन्त्रात्मक शासन प्रणालीको विकास मार्फत मात्र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ’ : सभापति देउवा

‘गणतन्त्रात्मक शासन प्रणालीको विकास मार्फत मात्र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ’ : सभापति देउवा

देशको समुन्नत, सभ्य र समृद्ध नेपाल गणतन्त्रको आधार हो


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकास मार्फत मात्र देशको समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका छन् ।

बिहीबार गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले नेपाली जनताको बलिदानबाट प्राप्ते ऐतिहासिक उपलब्धीको रक्षा गर्नु सबैको साझा जिम्मेवारी रहेको धारणा राखे ।

उनले भने,‘संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकास मार्फत मात्र हामीले समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सक्नेछौं । नेपाली जनताको बलिदानबाट प्राप्त यो ऐतिहासिक उपलब्धीको रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी हो । समावेशी लोकतन्त्र, सामाजिक न्याय, समता र समृद्धिको मार्गमा अग्रसर हुँदै यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

त्यस्तै उनले वि.सं. २०६५ सालको जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट राजतन्त्रको औपचारिक अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको स्मरण गरे । सोही ऐतिहासिक दिनलाई प्रत्येक वर्ष ‘गणतन्त्र दिवस’ को रुपमा गौरवका साथ मनाउँदै आएको उनको भनाई छ ।

प्रकाशित मिति : २०८२, १५ जेष्ठ बिहीबार  ९ : २३ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित