२०८३, ९ भाद्र बुधबार

कांग्रेस नेता शेखर कोइरालाले भने-गृहमन्त्रीले राजीनामा दिनुपर्छ

कांग्रेस नेता शेखर कोइरालाले भने-गृहमन्त्रीले राजीनामा दिनुपर्छ


विराटनगर:  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिनुभएको छ ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताउनुभएको हो ।

उहाँले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामाा दिंदा उहाँकै नैतिकता सघाउ पुग्ने बताउनुभयो । नेता कोइरालाले संवैधानिक निकायहरु सचिवहरुको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरुको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको पनि बताउनुभयो ।

उहाँले लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनैतिक दलहरुले जनमत संग्रहबाट डराउन नहुने जिकिर गर्नुभयो । उहाँले कांग्रेस, एमाले र माओवादी एकजुट भएर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत संग्रह गराउन सक्नुपर्ने समेत बताउनुभयो । त्यस्तै नेता कोइरालाले ०८२ सालको मंसिरमा नै नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने आफ्नो अडान कायम रहेको र कार्यकर्ताहरुलाई महाधिवेशनका लागि दबाब दिन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०८२, १० जेष्ठ शनिबार  १० : ०५ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा