२०८२, २५ फाल्गुन मंगलबार

बुद्धका मार्गदर्शनले विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् : प्रधानमन्त्री ओली

बुद्धका मार्गदर्शनले विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार रहेको बताएका छन् । सोमबार २५६९ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भनि शुभकामना दिएका हुन् ।

‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार– यिनै हुन् गौतम बुद्ध’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । बुद्ध जयन्तीले हामीलाई उनको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउने उल्लेख गरेका छन् ।

ओलीले बुद्ध जयन्तीको अवसरमा शान्तिको कामना गरेका छन । उनले थप लेखेका छन्,‘बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस्। सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस्।’

प्रकाशित मिति : २०८२, २९ बैशाख सोमबार  ४ : ०१ बजे

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै