२०८३, ७ आश्विन बिहीबार

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी


सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको छ । नेपाल ट्रेड यूनियन महासंघ बागमती प्रदेश अध्यक्ष महेन्द्रराज गिरीको प्रमुख आतिथ्यतामा भएको भेलाले १३ सदस्यीय कमिटी गठन भएको हो ।
समितिको अध्यक्षमा निरमहमद मन्सुरी, उपाध्यक्ष कर्ण आले, सचिव श्रवण श्रेष्ठ, सहसचिव रवि आचार्य, कोषाध्यक्ष कर्ण पाख्रिन र सदस्यहरुमा मन्जितकुमार कर्ण,साहीद खाँ,दसौदी महत्तो, रामवरण महत्तोलगायत रहेका छन् ।


कार्यक्रमलाई सम्वोधनगर्दै प्रमुख अतिथी गिरीले सम्पूर्ण मजदुरहरुलाई अटोमेकानिक्स ट्रेड यूनियनमा आवद्ध भएपछि आउने कुनैपनि समस्यामा आफ्‌नो साथ र सहयोग रहने बताए । उनले ट्रेड यूनियनमा आवद्ध सबै साथीहरुको १ लाखसम्मको जीवन बिमा हुने जानकारी गराउँदै पेशागत अधिकारका लागि आवद्ध भएका साथीहरुले आफ्‌नो कामलाई पनि गुणस्तरिय बनाउन र ग्राहकहरुको मन जित्न सक्नुपर्ने बताए ।


कार्यक्रममा नेपाल ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य भिमसेन खतिवडाले पेशागत इमान्दारितासँगै ट्रेड यूनियनमा आवद्ध भएर आफ्‌नो अधिकार रक्षाका लागि लाग्न अपील गरे ।
उनले विगतमा जस्तो अब ग्राहरुलाई जे पनि गर्न सकिन्छ भन्ने कुरा त्यागेर समय अनुसार आफूलाई अपग्रेड गर्न आग्रह गरे । उनले अहिले हरेक पार्ट्सको एमआरपी मूल्य लेखिन थालेको र तपाईहरुले त्यस भन्दा बढि रकम लिए ग्राहकले थाहा पाउने अबस्था आइसकेकाले आफ्‌नो श्रमको मूल्य लिने कुरालाई प्राथमिकतामा राख्न उपस्थित व्यवसायीहरुलाई सुझाब दिएका थिए ।
नेपाल ट्रेड यूनियन महासंघका सल्लाहकार सहदेव कुसवाह, लोकतान्त्रिक यातायात व्यवसायी महासंघका सिन्धुली अध्यक्ष पुरुषोत्तम शर्मालगायतले आ–आफ्‌नो भनाई राखेका थिए ।

प्रकाशित मिति : २०८२, २५ बैशाख बिहीबार  ११ : २२ बजे

अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वयले मारे एमाले केन्द्रमा छलाङ, धर्म गिरी र नारायण घर्ती मनोनीत

काठमाडौं । विद्यार्थी आन्दोलनबाट राजनीतिक नेतृत्वमा स्थापित अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वय

मख्यमन्त्री किरण थापाद्धारा बाढी प्रभावित नुवाकोटवासीका पुर्नस्थापना जग्गाको निरीक्षण

नुवाकोट, ८ असोज ः भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले

प्राडा शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि, मन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्राडा