२०८३, ९ भाद्र बुधबार

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न चुनौती छ : कांग्रेस

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न चुनौती छ : कांग्रेस


काठमाडौंः नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले प्रश्तुत गरेको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आर्थिक अभावका कारण कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताएका छन् ।

संसद भवन परिसर नयाँ बानेश्वरमा सोमवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक घिमिरेले कतिपय नीति तथा कार्यक्रमहरु लागू गर्नसक्ने खालका नरहेको बताएका हुन् । 

आर्थिक समस्याका कारण सरकारले ल्याएको नीति तथा कार्यक्रम पूर्णरुपमा लागू हुन्छ भन्नेकुरामा शंका रहेको उनको भनाइ छ । प्रमुख सचेतक घिमिरेले आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावको आधारमा नीति तथा कार्यक्रमहरु समग्र रुपमा राम्रो आएपनि कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताए । 

उनले भने, ‘नीति तथा कार्यक्रमले आर्थिक सुझाव आयोगले दिएका सुझावहरुलाई समेत राम्रोसँग समेटेको छ । समग्रमा यो नीति तथा कार्यक्रम राम्रो छ । तर सबैभन्दा ठूलो कुरा चुनौतीको पाटो छ । यसभन्दा अगाडि आउने नीति तथा कार्यक्रम पनि राम्रै हुन्थे । त्यसलाई लागू गर्नको लागि हामीसँग प्रयाप्त आर्थिक स्रोत पनि छैन । त्यस कारण नीति तथा कार्यक्रम कतिपय अवस्थामा सान्दर्भिक नभएका अथवा लागू गर्ने अवस्थामा नरहेका पनि हामीले देखेका हुन्छौं । त्यसकारण यो पनि लागू गर्ने कुरामा सन्देहभन्दा पनि चुनौतीपूर्ण छ ।’ 

उनले नीति तथा कार्यक्रम कार्यान्वयनको चुनौतीलाई कसरी सामना गर्ने भन्नेकुरा सरकारको लागि गम्भिर प्रश्न रहेको बताए। 

प्रकाशित मिति : २०८२, २२ बैशाख सोमबार  ५ : २९ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा