२०८२, २७ चैत्र शनिबार

आर्थिक पारदर्शिता र सुशासनको माग गर्दै नगरपालिकामा तालाबन्दी छानबिन समिति

आर्थिक पारदर्शिता र सुशासनको माग गर्दै नगरपालिकामा तालाबन्दी छानबिन समिति


नवलपरासी, २८ भदौ पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा नगर प्रमुख र उपप्रमुखबीच देखिएको विवादले उग्र रूप लिएपछि छानविन समिति गठन गरिएको छ ।
उपप्रमुख विष्णुकुमारी कँडेलले आर्थिक पारदर्शीको माग राख्दै कार्यालयमा गर्नुभएकोे तालाबन्दी र नगर प्रमुख छत्रराज पौडेलले उपप्रमुखले नियमबिपरीत कार्यालयमा तालाबन्दी गरेको आरोप लगाएपछि दुबैपक्ष बिचको विवाद चुलिएको थियो ।

आर्थिक पारदर्शिता र सुशासनको माग गर्दै गैडाकोट नगरपालिकाको कार्यालयमा मङ्गलबार उपप्रमुख कँडेलसहित केही कार्यपालिका सदस्यले लगाएको ताला बुधबार प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको संयोजकत्वमा भएको नगर प्रमुख पौडेल, उपप्रमुख कँडेलसहितको छलफलपछि खोलिएको थियो ।

आर्थिक वर्ष २०७४÷७५ को अषाढ महिनाको हिसाबकिताब हेर्न पाउने सहमति बनेपछि ताला खोलिएको गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले बताउनुभयो ।

हिसाबकिताब जाँचबुझका लागि प्रमुख कोष नियन्त्रक महेशशरण भण्डारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ

पटकपटक नगरकार्यपालिकाको बैठकमा आर्थिक पारदर्शिताका लागि माग गर्दा पनि सुनुवाइ नभएको हुँदा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको उपप्रमुख कँडेलको भनाइ थियो भने नगर प्रमुख पौडेलले उपप्रमुखले नियमभन्दा बाहिर रहेर आरोप लगाएको र आर्थिक पारदर्शिता रहेको दाबी गर्नुभएको थियो । पुरुषोत्तम सुवेदी

प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार  ९ : ५१ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण