२०८२, १७ पुस बिहीबार

कांग्रेसले प्रतिवद्धता पुरा गर्छ तर सरकारले परिणाम दिनुपर्छ : गगन थापा

कांग्रेसले प्रतिवद्धता पुरा गर्छ तर सरकारले परिणाम दिनुपर्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग सरकारमा जाँदा गरेको प्रतिबद्धता कांग्रेसले कायम नै राख्ने बताएका छन् । सोमबार काठमाडौंमा नेपाली कांग्रेस पार्टी उद्योग तथा व्यापार विभागले आयोजना गरेको बजेट सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने भन्दै नयाँ ढंगले काम गर्नेतर्फ सोच्नुपर्ने बताए ।
उनले भने,‘हामी जोखिम उठाउन तयार छौं ।

यस्तो कुराहरुमा हाल गरिरहेको काम भन्दा फरक ढंगले गर्नुपर्छ । कम्फर्ट जोनबाट बाहिर आएर काम गर्नुपर्छ । नयाँ ढंगले सोच्नुपर्ने छ । नेपाली कांग्रेस अहिले नेकपा एमालेसँग सरकारमा छ । पार्टीको तर्फबाट प्रतिबद्धता र समर्थन छ । अहिलेको प्रतिबद्धताका आधारमा तलमाथि गर्न लाग्दैनौं । यसलाई तिव्र रुपमा अगाडि बढाउँछौं तर यो समयको प्रयोग गर्न चाहन्छौं । सरकार बस्नको लागि मात्र भएर भएन, काम गर्नुपर्छ । परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ । रिजल्टमा काम गर्न चाहन्छौं । ’
त्यस्तै उनले सरकारले हात हालिरहेका थुप्रै ठाउँहरुमा राम्रो परिणाम नआएको भन्दै परिणाम नआउने ठाउँमा हात हाल्न छाड्नको लागि सुझाव दिए ।

उनले भने,‘खास गरेर अब समय आयो । जुन हामीले कम्र्फटजोनमा बसेर काम गर्यौं । अब यसरी गरेर हुँदैन् । कतिपय नयाँ सन्दर्भमा जानुपर्ने हुन्छ । सरकारले हात हालिरहेका थुप्रै ठाउँहरु छन् । जसमा सरकारले हात हाल्दा राम्रो परिणाम आएको छैन् । ती ठाउँमा हात हाल्न छाडिदिए हुन्छ ।’

प्रकाशित मिति : २०८२, १५ बैशाख सोमबार  ७ : १५ बजे

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो