२०८२, २९ चैत्र सोमबार

संगठन निर्माण र पार्टी प्रवेशलाई एकै साथ लैजानुपर्छः नेता थापा

संगठन निर्माण र पार्टी प्रवेशलाई एकै साथ लैजानुपर्छः नेता थापा

सिन्धुलीको एमाले हरिहरपुरगढी गाउँपालिका भवनको शिलान्यास


सिन्धुलीः नेकपा एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निर्माणगर्न लागिएको पालिका कमिटी भवनको एक कार्यक्रमका बीच हिजो शिलान्यास गर्नुभएको छ ।
नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटी अध्यक्ष मानवहादुर वाइवाको अध्यक्षतामा भएको कार्यक्रमका बीच केन्द्रीय सदस्य थापाले निर्माण गर्न लागिएको भवनको शिलान्यास गर्नुभएको हो ।
चारकोठे भवन निर्माणका लागि स्थानीय पार्टी कमिटी र जिल्लाका नेताहरुको सहयोग रहने पालिका कमिटी अध्यक्ष वाइवाले जानकारी दिनुभयो । सो भवन निर्माणमा लाग्ने २० प्रतिशत रकम केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज थापाले व्यहोर्नेसमेत उहाँको भनाई थियो ।
कार्यक्रमलाई सम्वोधनगर्दे सिन्धुली जिल्ला इन्चार्जसमेत रहनु भएका थापाले आगामी २ वर्षसम्म पार्टीलाई राजनैतिक र सांगठानिक रुपमा बलियो बनाउन स्थानीय पार्टी कमिटीलाई आग्रह गर्नुभयो । पार्टीले लिएको विकास र सम्मृद्धिको अभियानलाई सफल बनाउँदै मिसन ८४ को लक्ष्य पुरा गर्न तथा पार्टीलाई बलियो गतिशिल बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले ९ र ११ गतेको कार्यक्रमलाई सफल बनाउन एमालेका सबै पालिका कमिटीहरुको भूमिका आवश्यक रहेको बताउँदै निरंकुशता र अराजकतावादीहरुको सपना कहिल्यै पुरा नहुने ठोकुवा गर्नुभयो ।
एमालेका सबै नेता कार्यकर्ताहरुलाई सिन्धुलीमा १ नम्बरको पार्टी निर्माण गर्नका लागि सबैखाले भूमिका निर्वाह गर्न आग्रहगर्दै नेपालका बामपन्थी पार्टीहरुमा ध्रविकरण प्रारंभ भएको प्रष्ट पार्नुभयो ।
नेकपा एमाले मात्रै नेपाली कम्युनिष्ट आन्दोलनको केन्द्र भएकाले अहिले अन्य कम्युनिष्ट घटकहरुमा रहेका इमान्दार नेता कार्यकर्ताहरु नेकपा एमालेमा समाहित हुन तयार देखिनुभएको खुलासागर्दै नेता थापाले संगठन निर्माणसँगै पार्टी प्रवेशलाई पनि अभियानकै रुपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु विषमलाल अधिकारी, कमलजंग राई, उमा कोइराला वागमती प्रदेश कमिटीका नेताहरु प्रदीप कुटुवाल, हिरा लामा, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठलगायत हुनुहुन्थ्यो । एमाको निर्माण गर्न पालिका पालिका कमिटीलाई हिरा लामाले जग्गा उपलव्ध गराउनुभएको थियो ।

प्रकाशित मिति : २०८२, ६ बैशाख शनिबार  ९ : २४ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४