२०८३, २७ भाद्र आईतबार

युनुससँग बंगलादेशको सत्ता चलाउने संवैधानिक आधार छैन : शेख हसिना

युनुससँग बंगलादेशको सत्ता चलाउने संवैधानिक आधार छैन : शेख हसिना


काठमाडौं । बंगलादेशकी निर्वासित प्रधानमन्त्री शेख हसिनाले मोहम्मद युनुसलाई सत्तामा रहने संवैधानिक अधिकार नभएको बताएकी छन् ।

मंगलबार आवामी लिग पार्टीका कार्यकर्ताहरूलाई अनलाइनमार्फत सम्बोधन गर्दै हसिनाले अन्तरिम सरकार प्रमुख युनुससँग सत्ता चलाउने संवैधानिक हैसियत नभएको बताएकी हुन् । युनुसले सुनियोजित तवरले सत्ता कब्जा गरेको समेत हसिनाको आरोप लगाइन् । ‘विदेशी पैसाबाट सुनियोजित योजना बनाएर सत्तामा पुगेका हुन् । उनीसँग सरकार चलाउने संवैधानिक हैसियत र जनादेश छैन,’ हसिनाले कार्यकर्ताहरूलाई भनिन्।

उनले संवैधानिक तवरबाट अझै पनि आफू प्रधानमन्त्री नै रहेको दावी गरेकी छन् । ‘मैले सबै त्यागेर देश छाडेको भन्ने उनीहरूले नसोचुन् । संविधानका अनुसार, जनताले चुनेको प्रतिनिधिको हैसियत र संसदले चुनेको उम्मेदवारको हैसियतले बंगलादेशको प्रधानमन्त्री हुँ । युनुसको सत्ताको वैधानिकता छैन,’ हसिनाको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ ।

उनले वंगलादेशमा आवामी लिगमाथि प्रतिबन्ध लगाउनुपर्ने मागबारे पनि आपत्ति जनाएकी छन् । उनले बंगलादेशलाई शेख मुजिबुर रहमानले अवामी लिगमार्फत एकजुट गरेको र स्वतन्त्रता दिलाएको नभुल्न पनि अनुरोध गरिन्। गत अगस्ट ५ मा बंगलादेशमा विद्यार्थीहरूको आन्दोलन उत्कर्षमा पुगेपछि हसिना बंगलादेशबाट भागेर भारत पुगेकी थिइन्। अहिले उनी भारतकै शरणमा छिन् ।

प्रकाशित मिति : २०८१, २६ चैत्र बुधबार  १२ : २६ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।