२०८३, २९ श्रावण शनिबार

रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

बानेश्वर क्याम्पसको स्ववियु सभापतिमा भूमिराज अधिकारी विजयी


रामेछाप । रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेदवारको प्यानल नै विजयी भएको छ ।
एक जना सदस्य बाहेक सबै पदमा अनेरास्ववियुका उम्मेदवारहरू निर्वाचित भएका छन् । मंगलबार भएको स्ववियु निर्वाचनमा अनेरास्वियुका सुशील थापा २ सय ७ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दि नेविसंघका विपुल रोक्काले १ सय ५२ मत प्राप्त गरेका छन् । अर्का प्रतिस्पर्धी अखिल (क्रान्तिकारी) अनोज भुजेल ६५ मत पाएका छन् ।
सचिवमा अनेरास्वियुका मुकेश भण्डारी डेनिस १ सय ८५ मत ल्याएर विजयी भएका छन् । नेविसंघका उम्मेदवार युवराज बुढाथोकीले १ सय ६५ ल्याएका छन् । अखिल (क्रान्तिकारी) की विनीता माझीले ७० पाएकी छिन् ।
कोषाध्यक्षमा अनेरास्वियुकी उम्मेदवार मसली तामाङ २ सय ३ मत ल्याएर विजयी भएकी छिन् । सो पदमा नेविसंघकी छाया तामाङले १ सय ३६ र अखिल (क्रान्तिकारी) का राजकुमार श्रेष्ठले ७९ मत ल्याएका छन् ।
सदस्यमा अनेरास्वियुका उम्मेदवारहरू तुलसा उप्रेती¸ मनोज श्रेष्ठ¸ एलिना माझी र जीवन पहरी विजयी भएका छन् । एक जना सदस्यमा नेविसंघका कर्ण श्रेष्ठ निर्वाचित भएका छन् ।
कुल ५ सय ३१ मतदाता रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस ४ सय २७ मत खसेको थियो ।

बानेश्वर क्याम्पसको स्ववियु सभापतिमा भूमिराज अधिकारी विजयी
काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)को तर्फबाट स्ववियु सभापतिमा भूमिराज अधिकारी विजयी भएका छन् ।
मंगलबार सम्पन्न मतदानमा मतदानमा १७५ मतसहित अखिल क्रान्तिकारीका अधिकारी सभापतिमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेवि संघका निराजन कार्कीले १४९ मत पाए । उनी प्यानलैसहित विजयी भएका हुन् ।
स्ववियु सचिवमा अखिल क्रान्तिकारीकै रविन रिजाल १८३ मतसहित विजयी हुँदा कोषाध्यक्षमा पनि अखिलकै संगीता भट्टराई १८१ मतले निर्वाचित भएकी छन् ।
यसैगरी सदस्यसहरुमा थानेश्वर प्रसाद पाण्डे २०६, सुजन वाइवा १६०, विवेक ठकुल्ला १५९, आयुष सिंह १८२, रोहन सिंह १६७ र सन्जीज भुजेल १५३ विजयी भए भने अनेरास्ववियुका एकजना सदस्य लवदेव भट्ट विजयी भएका छन् ।

प्रकाशित मिति : २०८१, ५ चैत्र बुधबार  १० : १५ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व