२०८३, २१ जेष्ठ शुक्रबार

कांग्रेस सभापति देउवाले बोलाए कार्य सम्पादन समितिको बैठक

कांग्रेस सभापति देउवाले बोलाए कार्य सम्पादन समितिको बैठक


काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राजावादीको प्रदर्शनपछि पार्टीको औपचारिक धारणाबारे निर्णय गर्न नेपाली कांग्रेसले यही चैत १० गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

मंगलबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले समसामयिक विषयमा दृष्टिकोण सार्वजनिक गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।

फागुन २५ गते राजावादीहरूले राजसंस्था पुनस्र्थापनाको लागि प्रदर्शन गरेका थिए । कांग्रेस बैठकमा राजावादीको प्रदर्शनबारे समीक्षा भएको छ । गृहमन्त्री रमेश लेखकले सो प्रदर्शनबारे बिफ्रिङ गरेपछि नेताहरूले धारणा राखेका थिए। राजावादीको प्रयासको प्रतिवाद गर्ने र यसका लागि कार्यसम्पादनले औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसले तयारी गरेको हो ।

बैठकमा समसामियक राजनीतिक, नेविसंघको अधिवेशन, पार्टी अभियानबारे पनि छलफल भएको सहमहामन्त्री उपाध्यायले जानकारी दिएकी छन् । पछिल्लो समय राजावादीहरूको प्रदर्शनबाट दलहरू सशंकित छन्। प्रतिपक्षी दलले त राजावादीविरुद्ध विरोध प्रदर्शन गर्दैछन् ।

प्रकाशित मिति : २०८१, ४ चैत्र मंगलबार  ८ : ०५ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई