२०८२, १७ पुस बिहीबार

आजबाट सिन्धुली एमालेको ‘पुराना जगाउँ, नयाँ बढाऊ’ अभियान सुरू हुँदैछः जिल्ला इन्चार्ज मनोजजंग थापा

आजबाट सिन्धुली एमालेको ‘पुराना जगाउँ, नयाँ बढाऊ’ अभियान सुरू हुँदैछः जिल्ला इन्चार्ज मनोजजंग थापा


सिन्धुली/नेकपा एमाले सिन्धुलीले आजबाट जिल्लामा ‘पुराना जगाउँ, नयाँ बढाऊ’ अभियानको थालनी गर्ने भएको छ ।
जिल्लाका नौं स्थानीयत तहका ८० वडामा समेत सञ्चालन हुनेगरी अभियानको औपचारिक थालनी गरिने बताइएको छ । एमाले सिन्धुलीका इन्चार्ज मनोजजंग थापाका अनुसार नेकपा एमालेको विधानको धारा ७० बमोजिम नियमित बैठक आयोजना गर्ने, कम्तिमा तीन महिनामा जिल्ला कमिटीको दुई र पालिका तथा वडा कमिटीको तीन पटक अनिवार्य रुपमा बैठक राखिने छ ।
अभियानका क्रममा नेकपा एमाले सिन्धुलीले ‘पुराना जगाउँ, नयाँ बढाऊ’ भन्ने नाराका साथ टोल टोलमा मसिनो योजनाका साथ पार्टी कामलाई अगाडि बढाउने बताइएको छ ।
अभियानका क्रममा सदस्यता नबिकरण र बिस्तार, अन्तरविरोध समाधान तथा व्यवस्थापन, स्थानीय अधिवेशनहरु, जनतासँग जनसंगठन, युवा नेतृत्व विकासको कामः जेनजिसँग पार्टी अभियान, बैचारिक तथा राजनैतिक काम, साइवर हमलाको प्रतिवाद, विकास निर्माण र जनसरोकार र रचनात्मक कामहरुलाई अभियानसँगै जोडेर लगिने छ ।
एमालेका केन्द्रीय सदस्यसमेत रहनु भएका थापाले नेकपा एमालेका विरुद्ध भएको श्रंखलावद्ध साइवर हमलाको प्रतिवाद गर्ने विषेश योजना समेत बनाउने जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१, २१ माघ सोमबार  ८ : ५२ बजे

एक वर्षमै विदेशिए १५ लाख २३ हजार नेपाली

काठमाडौं। नेपालबाट एक वर्षको अवधिमा १५ लाख २३ हजार नेपाली

अडियोदेखि बैंक लेनदेनसम्म, ७ प्रमाणले थुनामा पुगे पूर्वमन्त्री गुप्ता

काठमाडौं। पोखराको लिचीबारी जग्गा प्रकरणमा घुस लिएको अभियोगमा विशेष अदालतले

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास