२०८३, ११ श्रावण मंगलबार

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक दलका नेताहरु सामाजिक रुपान्तरणमा असफल हुँदा हुलाक सेवा परिर्वतन नभएको बताएका छन् ।

आइतबार काठमाडौंम आयोजित हुलाक सेवाको पुनर्सरचना अनुसार ‘एक स्थानीय तह एक हुलाक कार्यालय’स्थापना घोषणा कार्यक्रममा बोल्दै उनले नेपालमा राजनीतिक परिवर्तन भएको ३४ वर्ष पूरा हुँदा पनि हुलाक सेवा परिवर्तन नभएको भन्दै क्रान्ति गर्ने कुरामा राजनीतिक दलका नेताहरु सफल भए पनि सामाजिक रुपान्तरण गर्ने कुरामा असफल भएको बताएका हुन् ।

उनले भने,‘सैद्धान्तिक कुरा गर्नुपर्दा नेपालमा राजनीतिक परिवर्तन भएको ३४ वर्ष भयो । तर ३४ वर्षसम्म पनि किन परिवर्तन नभएकोे हुलाक सेवा त्यसको एउटा रहस्य छ । क्रान्ति गर्ने कुरामा त राजनीतिक दलका नेताहरु सफल भए तर रुपान्तरण गर्ने कुरामा असफल छन् । सामाजिक रुपान्तरण गर्ने कुरामा ध्यान दिइएन । हाम्रो क्रान्तिको चरित्र बुझेन भन्छु म त ।’

उनले पुराना नीति र ऐनहरुको कारण वर्तमानका काम कारबाहीहरु प्रभावकारी हुन नसकेको भन्दै एक वर्षभित्र सबै पुराना ऐन र नीतिहरु परिवर्तन गर्ने जानकारी दिए ।

उनले भने,‘यो वर्षभित्र सबै पुराना नीतिहरुलाई परिवर्तन गर्ने,पुराना ऐनहरुलाई र नियमहरुलाई परिवर्तन गर्ने काम गरेर नयाँ व्यवस्था लोकतान्त्रि गणतन्त्रले जे भनेको छ वा संविधानले जे भनेको छ त्यही अनुसार काम गर्नेछौं ।’

पहिलो पटक देशको समस्या कहाँ छ भन्ने कुराको पत्ता लगाएर सेवा दिने ठाउँमा पुगेको उनको भनाई छ ।

प्रकाशित मिति : २०८१, १३ माघ आईतबार  १० : ०८ बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि