२०८३, १३ कार्तिक शुक्रबार

गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔं: प्रचण्ड

गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔं: प्रचण्ड


दाङ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमै सीमित हुन दिन नहुने बताएका छन् ।

माओवादी केन्द्र दाङको तेस्रो घोराही नगर सम्मेलन उद्घाटन तथा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादतिरको यात्रामा ढिलाइ गर्न नहुने बताए । जनयुद्ध चलिरहेकै बेला आफूहरूले यो गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिनेछैनौँ भनेर विश्वलाई नै भनेको चर्चा गर्दै उनले समाजवादको यात्रामा अब ढिला गर्न नहुने बताए ।

‘हामीले यो गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिने छैनौँ भनेर विश्वसमुदायलाई अपिल गर्दै युद्धको मैदानबाटै समाजवादतिरको यात्रा आरम्भ गरेको संकल्प लिएका थियौँ,’ उनले भने, ‘ती दिनलाई स्मरण गर्न र संकल्पअनुसार अघि बढ्न म विशेष रूपले अपिल गर्न चाहन्छु ।’

अहिले भूमाफिया, दलाल, बिचौलियाहरू र जालीझेलीहरूका विरुद्ध माओवादी आमनेसामनेको स्थितिमा रहेको उनको भनाइ थियो । उनले शान्तिपूर्ण संघर्षको माध्यमबाट तिनलाई परास्त गर्दै जनतालाई साच्चै अधिकारसम्पन्न बनाउनेतर्फ अग्रसर हुनुपर्ने बताए । जनयुद्धकै क्रममा आफूले यो दिन आउने चर्चा गरेको प्रचण्डले स्मरण गरे ।

प्रकाशित मिति : २०८१, १२ माघ शनिबार  ३ : ३८ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित